तेह्रथुमको फेदाप गाउँपालिकामा जसपा, नेपाल समायोजन - Naya Online

तेह्रथुमको फेदाप गाउँपालिकामा जसपा, नेपाल समायोजन

मङ्सिर ०६, तेह्रथुम । जनता समाजवादी पार्टी, नेपाल तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाको समायोजन कार्य सम्पन्न भएको छ । समाजवादी पार्टी र राजपा बीचको एकतापछि गाउँ गाउँमा समायोजन कार्य तीब्र रूपमा जारी रहेको बेला फेदाप गाउँपालिका समायोजन भएको हो ।

गंगा कुरुम्बाङको अध्यक्षतामा शनिवार एक कार्यक्रमा बिच ३३ सदस्यीय समिति समायोजन भएको हो । समितिको उपाध्यक्षमा अर्जुन लिम्बू र निता लिम्बू सचीवमा रन्जित लिम्बू, सहसचिवमा रेजिना नेपाली र कोषाध्यक्षमा योगेन्द्र जरेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दीक्षा नेपाली, विक्रम लिम्बू, गंगाप्रसाद कुरुम्बाङ, दिलकुमारी लिम्बू, भावना लिम्बू, भिमराज लिम्बू, सविना लिम्बू, रणध्वोज लिम्बू लगायत रहेका छन् ।

जसपा, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावती विशेष अतिथि रहेका थिए । त्यस्तै अतिथिहरुमा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, प्रदेश नं. १ का सदस्य लोकबहादुर सिङ्गक, लिम्बुवान राष्ट्रिय समितिका सदस्य टेकबहादुर खापुङलगायत रहेका थिए ।

गंगा कुरुम्बाङको अध्यक्षतामा भएको कार्यक्रमलाई सुर्यमान निङ्लेकुले सञ्चालन गर्नु भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टी

ओखलढुङ्गा, १७ मंसिर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ९ मा डेन्डी शेर्पाको अध्यक्षतामा...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न तयार भएमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान...

संघीय दलित शिल्पी मन्च गोकर्ण नगरपालिका गठन

काठमाडौँ, १३ मंसिर । काठमाडौँ गोकर्ण नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय दलित...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...

डा.भट्टराईको सक्रियता देखेर खुसि छु : गोकुल बास्कोटा

काठमाडौँ, ९ मंसिर । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल...

नेकपा विवादमा चिनियाँ राजदुत यान्छीको सक्रियता

काठमाडौं,८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ...

बैठक छल्न अराजनितीक कार्य गरियो : रामकुमारी झाक्री

काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ रामकुमारी झाक्रीले बैठक...

खसान प्रान्तको माग गर्दै माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ७ मंसिर । खसान राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित माइतिघर मण्डलामा खसान प्रान्तको माग...

सत्तारुढ दल नेकपामा नेताहरुको दोषारोपणको दोहोरी

काठमाडौँ , ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुहरुबिच सामाजिक संजालहरुमा...