हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई
प्रकाश दिप्साली राई
नडाहा, ८ मंसिर । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिद्वारा आयोजित यलम्वर संगीत विश्वव्यापी अनलाइन प्रतियोगिता(यलम्बर आइडल)को छैठौं संस्करणका टप टेन प्रतिस्पर्धीको नामवली सार्वजनिक गरिएको छ ।
शनिबार, ताँपखिम ललितपुरमा भएको विशेष छनौट कार्यक्रमबाट उत्कृष्ट १० को घोषणा गरिएको हो । उत्कृष्ट १० मा खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलिमा साम्पाङ राई परेका छन् । विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट क्रमशः पहिलो, दोश्रो र तेश्रो हुँदै चौथो चरणमा १० जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले जानकारी दिए ।
प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराइने व्यवस्था मिलाइएको छ । प्रतियोगीहरूले सामाजिक–साँस्कृतिक जागरण अभियानका रूपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको यलम्बर संगीत प्रतियोगितालाई यो पल्ट कोभिड १९ को कारण महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको आयोजक किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ ।
किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । यस अघिका प्रतियोगितामा सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्बिका राईले यलम्वर संगीत प्रतियोगितामा विजेता भैसकेका छन् ।
सो छनौट प्रतियोगितामा प्रमुख अतिथिको मन्तव्य राख्दै यो समयका चर्चित कवि तथा गीतकार भुपाल राईले हामीले गीत कस्तो गाउँदैछौं ? अब लेखाजोखा गर्ने बेला आएको बताए । हामी हाम्रोृ समुदायको गीत गाउँदैछौ कि बजारको ? उनले थपे “हामीले मनोरञ्जनको पछाडी दौडने भन्दा नी हाम्रो गीत लेख्न र गाउनु पर्ने बताए ।
विजेताले हङकङको यलम्बर साँझमा प्रस्तुति दिने
यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आðनो प्रस्तुति दिन पाउने भएको छ । किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्वर संगीत प्रतियोगिताका विजेताले आðनो प्रस्तुति दिन पाउने हङकङ यलम्बर साँझ परिवारले जानकारी दिइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।