जेफाले सिर्जना डबलीको १२ औं शृङ्खलामा कवि अशोक किरात - Naya Online

जेफाले सिर्जना डबलीको १२ औं शृङ्खलामा कवि अशोक किरात

प्रकाश दिप्साली राई,नडाहा ।


सुनसरी, ११ मंसिर |जेफाले सिर्जना डबलीको १२ औं शृङ्खलामा यो समयका अब्बल कवि अशोक किरात प्रस्तुत हुने भएको छ ।

मोरङ केराबारीको सुन्दर पर्यरकीय गन्तव्य जेफालेबाट गजलकार एवं साहित्यिक अभियानता युवराज ठकुरीले केही समय यता निरन्तर संचालन गरिरहेको “जेफाले सिर्जना डबली“मा प्रचार र मिडिया पहुचभन्दा पर रहेर निरन्तर कलमकर्ममा लागेका अशोक किरातलाई प्रस्तुत गर्न लागिएको हो । आगामी सनिबार हुने सो डबलीमा कवि किरातले आफ्नो लेखन अनुभवका साथमा केही थान कविताहरु सुनाउने छन् । विगत लामो समयदेखी कविता कर्ममा लागे पनि सस्तो लोकप्रियताको पछि नकुद्ने छवि बनाएका कवि कृषि कर्ममा नि सकृय छन् । उनको “आरम्भ “ कविता सङ्ग्रह प्रकाशन भएका छन् भने सुन्दर फुटकर कविताहरु बेलाबखत प्रकाशित हुने गरेको छ ।

डबलीमा प्रिय कवि अशोक किरातलाई प्रस्तुत गर्न पाउनु आफ्नो अहोभाग्य भएको अभियानता ठकुरी बताउछन् । उनी भन्छन् “मैले अशोक जिलाई निक्कै प्रयास गरेपछी डबली भर्न निम्तो गर्न पाएको छु । यसर्थ पनि यो १२ औं शृङ्खलाको डबली खास हुने छ ।“

“हरिप्रसाद खेत जोत्थ्यो
धान रोप्थ्यो
उनको छोरो सधैं सोध्ने गर्थ्यो –
“बा ! हुलास बास्मती चामल भनेको के हो ?”

आउने शनिबार किरातका यी यस्तै सुन्दर कविताहरु सुन्न आम उनका श्रोताहरु आतुरका साथ पर्खाइमा हुनेछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नयाँ राष्ट्रनिर्माताको खोजी

बच्चु हिमांशु पृथ्वीनारायण शाह थिए एक कथित राष्ट्रनिर्माता उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन...

बेवारिसे लासको सम्बोधन

सुनिल आङ्बो यो अपरिचित वर्णमालाजस्तो पृथ्वीको क्लान्त कुनामा म जन्मिएको हुँ म जन्मदा न...

चुट्किलाको शासक

सन्जित फलाना सरकार ! ठिक यतिखेर स्वीकार्य छ मलाई विद्रोही बन्न सजिलो त कहाँ...

हतुवागढीको अर्को ठूलो महोत्सव “हसनपुर साहित्य महोत्सव–२०७७” हुदै ।

प्रकाश दिप्साली राई, सुनसरी । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा आगामी पुष २९ र माघ...

‘म देशकै मिठो सपना हुँ’

आचार्य प्रभा सपना, तिम्रो स्वच्छ र कोमल मनको कसरी गरूँ म प्रशंसा ? एउटी...

गजल – चबेगु राज “सानु”

कोही बाँच्छन् चोक चोकमा पानी बेचेर बाँचिरहेछ उ सहरमा जवानी बेचेर तरिका मात्र फरक...

उभौलीमा भेट्ने वाचाका साथ सकियो “साकेला साहित्य महोत्सव ”

प्रकाश दिप्साली राई ,नडाहा । किरात समुदायको महान चाड उधौलीमा आयोजित ,साकेला साहित्य महोत्सव...

फिक्कलको उकालो बजारमा

काठमाडौँ, १७ पुस । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निबन्ध सङ्ग्रह फिक्कलको उकालो बजारमा...

कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती

काठमाडौँ, १५ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा...

गजल

हो ! सरकार यहाँ, नदी नाला बेच्दैछ ऊ आफ्नो घरको ,चाबी ताला  बेच्दैछ ।...