अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु - Naya Online

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस घटनालाई निकै घातक मानिएको छ। पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यस्तो आक्रमण भएको थियो। घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिकलाई अस्पतालमा ल्याइएको पुष्टि गर्नुभएको छ।यस्तै उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको जानकारी दिनुभएको छ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट ठुलो क्षति भएको बताउनुभएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारीक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो। तालिबानी विद्रोही समूहले आक्रमण गरेको आशंका गरिएपनि अहिलेसम्म कसैले पनि यो आक्रमणको जिम्मा लिएको छैन।

एजेन्सी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बलात्कारका दोषीलाई नपुंसक बनाइने

काठमाडौँ, ०१ पुष । पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कानुन अघि सारेको छ ।...

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु...

अमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने

काठमाडौं, ८ मंसिर। अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको...

रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ

मुम्बई, ४ नोभेम्बर । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको...

बेलायतले दोस्रोपटक लकडाउनको घोषणा

लन्डन, १ सेप्टेम्बर। बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले...

कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल

काठमाडौं, १४ कात्तिक । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई बिहीबार सर्वोच्च अदालतले भ्रष्टाचार...

बंगलादेशमा बलत्कारीलाई फाँसीको सजाय तोकियो

ढाका, १२ अक्टोवर । बंगलादेशमा लगातार बलत्कारको घटानाहरु बढेपछि बंलादेश सरकारले कानुन संशोधन गरेर...

पकिस्तानमा टिकटक प्रतिबन्घ

एजेन्सी ईस्लामावाद, ११ अक्टोबर | पकिस्तानमा पनि शुक्रबारबाट टिकटक चलाउन नपाउने भएको छ ।...

अमेरिकामा नयाँ प्रयोगकर्ताले वीच्याट र टिकटक चलाउन नपाउने

अमेरिकी सरकारले वीच्याट र टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै अब...

अफगानिस्तानमा २३ अफगानी सैनिकको मृत्यु

अफगानिस्तान , सेप्टेम्बर १८ अफगानिस्तानको पश्चिमी बाग्गिस र पूर्वी नान्गाहर प्रान्तमा भएको झडपमा कम्तीमा...