सेवा निवृत प्रधानाध्यापक बोहोराको विदाई - Naya Online

सेवा निवृत प्रधानाध्यापक बोहोराको विदाई

पदमसुखी सम्बाहाम्फे


पाँचथर, १७ मंसिर । कुम्मायक गाउपालिका वडा नं. ५ को महेन्द्रोदय माध्यमिक विद्यालय पिपलबोटे स्यावरुम्बाका सेवानिवृत प्रधानाध्यापक मदनकुमार बोहोराको बिदाइ कार्यक्रम मङ्लबार सम्पन्न भएको हो ।

२०३७ साल पौष २० गते देखि शिक्षण पेसामा रहेर उक्त बिधालयमा नियुक्ति भइ ३९ सालबाट प्रधानध्यापकको जिम्मेवारी बहन बोहोराले गर्दै आएको थिए । विभिन्न समस्यासँग पौठेजोरी खेल्दै ३८ वर्षसम्म शैक्षिक संस्थालाई अब्बल टेवा पुर्याएको भन्दै विद्यालयको कोषबाट आठानी सुनको उपहारसहित विदाई गरिएको थियो ।

गाउँपालिकामा रहेका ३९ वटा विद्यालयहरूमध्य यो विद्यालयमा उत्कृष्ट नमुनाको रूपमा शैक्षिक गतिविधि सन्चालन भएको भन्दै गाउपालिकाका अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चेम्जोङले प्रशंसा गरेका थिए ।

त्यसैगरी वहाँको सेवानिवृत जीवन सुखमय बनोस् भन्दै माबोहाङ युबा क्लबले सम्मान गरेको थियो भने अन्य विभिन्न संघसस्थाहरुले पनि बोहोरालाइ मायाको चिनो प्रदान गरिएको थियो ।

बिधालयका प्रधानध्यापक राजेन्द्रप्रसाद बुढाथोकीको अध्यक्षता भएको उक्त बिदाई समारोहमा वडा नं. ५ का वडाअध्यक्ष यामबहादुर बोहोरा लगायत वडा सदस्यहरु साथै शिक्षक संघका अध्यक्ष चन्द्र घिमिरे विद्यालय क्षेत्र विकास कार्यक्रमका श्रोत ब्यक्ति गणेश चेम्जोङ र शिक्षक विद्यार्थी तथा अविभावकहरुको बृहत उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुवानको अधिबेशन २०७७ साल फागुन १४ गते हुने

काठमाडौ,३ माघ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति पान्थरको चौथो...

गम्भीर वहस र तामझामसहित सकियो हसनपुर साहित्य महोत्सव

अर्को संस्करणमा भेट्ने वाचाका साथ विदा भए कविकलाकार राजकुमार लिम्बू, पाँटीगाउँ भोजपुर, ३ माघ...

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

दमक, २८ पुस । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ...

पहिचानको मुद्दा जसपाको आत्मा हो, गहना होइन –खगेन्द्र माखिम

इलाम, २८ पुस । जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा...

पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक: पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका...

छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत

तेह्रथुम २६ पुस । लिम्बूहरूको एक थर तुम्खेवा संगठीत भएको छ । तेह्रथुम र...

विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन

इलाम, १२ पुस । इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १२, साङ्रूम्बामा आयोजित परम्परावादी...

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

काठमाडौँ, ११ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...