काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट गीत, संगीत संगीतप्रेमि श्रोता माझ पस्केका छन् ।
केही समय अगाडि सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोडक्रस भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र सख्खर चिनि…’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै उनको चर्चा अझ चुलिएको थियो ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको उनको पछिल्लो कोशेली ‘यसो हेरे पूर्वतिर..’ सार्ववनिक भएको हो । शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको भिडियोमा दयाहाङ राई, एलिशा राई लगायतका कलाकार रहेका छन् भने निर्देशन किरण चाम्लिङ राइृको रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।