रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम - Naya Online

रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम

रसुवा, १७ मंसिर । रसुवामा पहिलो पटक अनलाइन तथा भिडियो पत्रकारिता तालिम सञ्चालन भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ रसुवा र रेडियो रसुवाको आयोजना मंसिर १३ गते शनिबारदेखि १५ गते सोमबारसम्म ३ दिने तालिम सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी रसुवाका अध्यक्ष बाबुलाल तामाङ रहेका थिए । तालिमबाट दक्ष र उत्तरदायी पत्रकार उत्पादन होस् भन्ने अतिथिहरुबाट सुझाव आएको थियो ।

हालः विश्व नै कोरोना महामारीमा गुज्रिरहेको बेला फोनिज रसुवाले कार्यक्रम गर्न आँट गरेको सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले प्रशिक्षण गराउने प्रशिक्षक मिलन लिम्बूले बताएका थिए । त्यसैगरी अनलाइन पत्रकारिताले प्रत्येक व्यक्ति नै पत्रकार बन्न सक्नेतर्फ औंल्याउँदै यसबारे प्रशिक्षण लिँदा फाइदा पुग्ने लिम्बूको भनाई थियो ।

आइटीको दुनियाँमा युवामात्र होइन, वृद्धवृद्धासमेत समय व्यतित गरिरहेको अवस्थामा यस्तो प्रशिक्षण कार्यक्रम अनिवार्य हुनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईले बताए । तालिमले नयाँ प्रतिभा पत्रकार जन्मने विश्वास लिएको भट्टराईको भनाई थियो ।

पछिल्ला दिनमा युवाहरुको ध्यान भिडियोतर्फ आकर्षित भइरहेको अवस्थालाई मध्यनजर गर्दै भिडियोग्राफी तालिम गराउन सके फाइदा पुग्ने देखेर यो कार्यक्रमको तयारी गरेको फोनिज रसुवाका अध्यक्ष दीपक लामाले बताए ।

तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संगठन सचिव मिलन लिम्बू, फोनिज बागमती प्रदेश इन्चार्ज समिर बलामी र लिम्बू पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङले निर्धारित विषयमाथि प्रशिक्षण दिएका थिए ।

जिल्लामा रहेका क्रियाशील २३ जनाले अनलाइन पत्रकारिता, फोटोग्राफी, भिडियोग्राफी र आदिवासी जनजातिको मुद्दासम्बन्धि तालिम लिएका थिए ।

जिल्लामा यसअघि आधारभूत पत्रकारिता तालिमहरू सञ्चालन भएका भएपनि फोटो तथा भिडियो सम्बन्धी तालिम सञ्चालन नभएकोले प्रशिक्षार्थीहरुमध्यका मनिता ग्यावा र सन्तोष घलेले अनुभव व्यक्त गरेका थिए ।

समाचार भिडियोमा हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुवानको अधिबेशन २०७७ साल फागुन १४ गते हुने

काठमाडौ,३ माघ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति पान्थरको चौथो...

गम्भीर वहस र तामझामसहित सकियो हसनपुर साहित्य महोत्सव

अर्को संस्करणमा भेट्ने वाचाका साथ विदा भए कविकलाकार राजकुमार लिम्बू, पाँटीगाउँ भोजपुर, ३ माघ...

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

दमक, २८ पुस । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ...

पहिचानको मुद्दा जसपाको आत्मा हो, गहना होइन –खगेन्द्र माखिम

इलाम, २८ पुस । जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा...

पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक: पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका...

छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत

तेह्रथुम २६ पुस । लिम्बूहरूको एक थर तुम्खेवा संगठीत भएको छ । तेह्रथुम र...

विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन

इलाम, १२ पुस । इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १२, साङ्रूम्बामा आयोजित परम्परावादी...

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

काठमाडौँ, ११ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...