काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको स्वरमा रेकर्ड भएको पाःलाम ‘सुम्केलःरे’को म्युजिक भिडियो छायांकन भएको छ । जीवन र गरिमायालाई जीवन फुङ्जेलाले स्वरमा साथ दिएका छन् ।
रीता फोम्बो ठूलीको रचना, गरिमाया लिम्बूको लयमा तयार भएको पाःलामको म्युजिक भिडियो दिलिप फुरुम्बोले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारमा रहेका श्रीमान र गाउँघरमै रहेकी श्रीमतीको कथामा भिडियोको कथा बनाइएको छ । नेपाल र युएई मा छायांकन गरिएको भिडियोमा दुर्गा कुरुम्बाङ र पुष्पाञ्जली तिल्लिङ मादेनले अभिनय गरेका छन् ।
मेघराज मगरातीको छायांकन, मदन न्यौपानेको श्रृङ्गार रहेको भिडियोलाई पाँचथर निवाी मिम्जिमा, बलबहादुर, कमल सम्बाहाम्फे, वीरुहाङ सम्बाहाम्फे, थोक्फेला दुर्गा, गीता फोम्बो, सीता फोम्बो, पवित्रा फोम्बो र रीता फोम्बोको निर्माण रहेको छ ।
यस भिडियोको स्टुडियो भिडियो १ महिना अगाडि नै रीता फोम्बो ठूलीको च्यानलमा लगाइएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।