काठमाडौँ, १८ मङ्सिर ।
अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र सिहं रावतसँग मंसिर २२ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।
यसअघि पनि उनको विवाह हुन लागेको समाचार सार्वजनिक भएको भएता पनि उनले तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै आएकी थिइन्।
सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन भने विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुनेछ । ’कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताले यसअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर २ महिना पनि नबित्दै श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।