पबित्रा लिम्बू खजुम
दमकर, १८ मङ्सिर । दमक, नेपाल चलचित्रकर्मी महासंघ १ न. प्रदेशको पहलमा पछिल्लो समयका चर्चित गीतका गायक सुरेश गन्धर्वलाई ५८ हजार ५ सय आर्थिक सहयोग जुटेको छ । गायक सुरेश हाल धरानस्थीत वीपी मेमोरियल अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई मुटु रोग, बाध, मधुमेह, प्रेसर, थाइराइड जस्ता रोगहरुले गाँजेका छन् ।
चलचित्रकर्मी महासंघ १ नं. प्रदेशको पहलमा सङ्कलित सहयोग रकम रु १३ हजारसहित दिपलक सुब्बाले रु २० हजार, किशोर पङ्धाक र सीता तुम्बापो रु २० हजार, सन्तोष तिल्लिङ रु ५ हजार ५ सय गरि जम्मा ५८ हजार ५ सय सहयोग धरान घोपास्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपचार वार्डमै बिरामीलाइ सहयो रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ १ न. प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण प्रधान, गीतकार मिना सिङ्गक, होप धरानका अध्यक्ष निश्चलमोहन, नायिका रेखा फागो लगायतको उपस्थिति रहेका थियो ।
गन्धर्भको गीत ‘मोटिभेशनल स्पीचर’ रमेश प्रसाईले कभर गीत गाएर चर्चामा छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।