काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ निवासी हुन् । मावली ताप्लेजुङ भएकोले लक्ष्मणको हुर्काई ताप्लेजुङमा भयो, उतैबाट ताप्लेजुङ आइडल बन्ने मौका पाएका थिए ।
ताप्लेजुङ आइडललगत्तै भएको लिम्बुवान आइडलमा पनि लक्ष्मण सहभागी भए । लिम्बुवान आइडलमा उत्कृष्ट –१० का प्रतिस्पर्धी भएका लक्ष्मण फस्ट रनरअप बनेका थिए ।
नेपाली संगीतआकाशमा खुल्दुली एल्बम र कैयौं गीतमा स्वर तथा संगीत भरिसकेका लक्ष्मण नेपाल टेलिभिजनद्वारा आयोजित नेपाल स्टारको उत्कृष्ट १० भित्र छन् । प्रतिभाका खानी लक्ष्मण नेपाल स्टारका राम्रा प्रतिभा मानिएका छन् ।
विजेतालाई ३५ लाख
‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ कार्यक्रम देशको ७ वटै प्रदेशमा अडिसन भएर केन्द्रीय प्रशारणमार्फत आएको कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका छन् ।
वाइवाइले प्रायोजन गरेको नेपाल स्टार विजेतालाई ३५ लाख नगद पुरस्कार प्रदान हुनेछ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार रहेको छ ।
हरेक शनिबार राति ९ बजेदखि नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा विहिबार रातीसम्म भोटिङ भइरहेको छ । भोटिङ आफ्नो मोवाइल, इ–सेवा, खल्ती, आइएमई पे र नेपाल टेलिभिजन एप्समार्फत गर्न सकिनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।