कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने - Naya Online

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर ।


कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने भएको छ । बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशक लगायतसँग भएको छलफलमा उक्त निर्णण भएको हो ।

छलफलमा एमटियुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, र रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने लगायतको निर्णय गरेको थियो ।योसँगै कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि पुनः ६ महिना थपिएको छ ।

कोरियाले सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १ सय अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन्।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रेम सेर्मा माङ्जाबुङेको स्मृतिग्रन्थ प्रकाशन हुने

काठमाडौं, ३ माघ । नेपाली चलचित्रको इतिहासमा वायोपिक चलचित्र (जीवनमा आधारित) निर्देशन गर्ने प्रेम...

लिम्बुवान संयोजकमा मधु केरुङ 

काठमाडौ,२ माघ  आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ ।...

सम्बाहाम्फे उत्थान संघको २३औं एकता दिवस सम्पन्न

पदमसुखी सम्बाहाम्फे पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ...

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ...

थिम्’ चलचित्रको गीत रेकर्डिङ सकियो

काठमाडौ,१ माघ निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न...

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार, श्रस्टा सम्मान र कविता संग्रहको बिमोचन सम्पन्न

अजित क्षेत्री पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको...

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट...

थेगिम वंशजहरूको भेला धनकुटा डाडा बजारमा

चबेगु राज सानु धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ...

प्याब्सन बराहक्षेत्रले सम्पन्न गर्यो “मनोवैज्ञानिक परामर्श”

प्रकाश दिप्साली राई नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३०...

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा....