काठमाडौँ, १८ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति कार्यालयमा बोलाएर भेट्नु भएको छ। राष्ट्रपति भण्डारीले बिहान प्रधानमन्त्री ओलीलाई र साँझमा अर्का अध्यक्ष दाहालाई भेट्नु भएको हो ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक समस्याहरुलाई चाँडै मिलाएर पार्टी एकता बचाइ मिलेर जान दुवै अध्यक्षलाई आग्रह गर्नु भएको शितल निवास स्रोतले बताएको छ ।
नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुनः नेकपाका शिर्ष तहका नेताहरूलाई बारम्बार भेट गर्नाले केहि दिन यता पार्टीको आन्तरिक विषयमा राष्ट्रपति सक्रिय भएको विषयमा आलोचना समेत हुन थालेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।