पदम सुखी सम्बाहाङ्फे, पाँचथर |
पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर पाँचथरको कुम्मायक गाउँपालिकाका अपाङ्गता भएका नागरिकलाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका सामाग्रीहरु वितरण गरिएको छ । कोभिड १९ को संक्रमणको जोखिममा परेका ५० जना नागरिकलाई अपाङ्ग सेवा समूहले सेनिटाइजर, माक्स र सावुन बितरण गरेको हो । गाउँपालिका स्थित स्थानीय जनभवनमा आयोजित एक कार्यक्रमकाबिच उनीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको समूहका अध्यक्ष लैनबहादुर तामाङले बताउनुभयो ।
विश्व माहामारी बनेको भाइरस संक्रमणको जोखिममा अपाङ्गता भएका नागरिक बढि पिडित हुने भएको भन्दै उनीहरुको स्वास्थ्यमा सहयोग पु¥याउँने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको समूहले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिति कुम्मायक ४ का वडा अध्यक्ष पूर्णकुमार खड्काले कोरोनाको महामारीको समयमा अपाङ्गता भएका नागरिकहरुलाई कोभिड १९ को संक्रमणबाट बच्ने स्वास्थ्य सामाग्रीहरु वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अपाङ्गता भएका नागरिकको संरक्षण र हेरविचार गर्न स्थानीय सरकार सधँै लागि पर्ने गरेको बताउँदै सिप र साधनको प्रयोग गरी गाउँपालिकामा अपाङ्ग लक्षित कार्यक्रमहरु संचालन हुदै आएको समेत बताउनुभयो ।
कार्यक्रमका बिषेस अथिति कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले अपाङ्गता भएका नागरिकहरु फरक क्षमता धनी हुने भएकाले त्यस्ता क्षमता भएका नागरिकहरुको राज्यले सम्मान गदै आएको बताउनुभयो । सो अवसरमा कुम्मायक ३ का वडा सदस्य बाबुराम कार्की, कार्यपालिका सदस्य यामकुमारी खड्का र यासोक स्वास्थ्य चौकी प्रमुख नारद खनाल लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो । गाउँपालिकामा जन्मजात साथै विभिन्न कारणले अपाङग भएका १ सय ८० जना नागरिक छन । ति मध्ये २५ प्रतिशत नागरिक हिड्डुल गर्न नसक्ने अवस्थाका छन् । उनीहरुको क्षमता विकास सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको समुहले जनाएको छ । कार्यक्रम अपाङ सेवा समुह कुम्मायक अध्यक्ष लैनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।