सुभानसिङ केरुङ
मेरि आमा अधेरीमा रुदै होलिन्
पाटि पौवा पधेरिमा रुदै होलिन्
चाडपर्व आउँदाखेरी सम्झी मलाई
मेरि आमा मझेरिमा रुदै होलिन्
घास दाउरा मेलापात गर्दै आज
मेरि आमा पखेरिमा रुदै होलिन्
घामपानी सहन्दै चैत मासको
मेरि आमा खडेरीमा रुदै होलिन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।