काठमाडौँ, १९ मंसिर ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएमा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने बताउनु भएको छ । पटकपटक पार्टी÷राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने जस्ता कार्य नेपालको संविधानमा नभएको बताउनुहुदै उक्त अभिव्यक्ति सामाजिक सञ्जालमार्फ व्यक्त गर्नु भएको हो ।
‘पटकपटक पार्टी÷राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो?, उहाँ लेख्नुहुन्छ , ‘त्यस्तो शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त!नत्र यो जो अगुवा उही बाटो ह..अति भो!’
हिजोमात्र राष्ट्रपति विद्यादेवि भण्डारीले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र कार्यकारणी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवासमा बोलाएर भेट गर्नुभएको छ भने भेटमा दुबै अध्यक्षलाई मिलेर जान आग्रह समेत गर्नु भएको शितल निवासस्रोतले बताएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।