काठमाडौं, १९ मंसिर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाकुरीभञ्ज्याङ चर्चित वनभोज र भ्रमणस्थल हो । ललितपुर र काठमाडौं क्षेत्रका उपत्यका मज्जाले देख्न पाइने यस ठाउँलाई मनकुमार लिम्बू र रोश्ना लिम्बूले गीतमार्फत वर्णन गरेका छन् ।
यस गीतलाई मनकुमार लिम्बूको रचना तथा संगीत, मोनी ताम्लिङको एरेन्ज रहेको छ ।
मोनी ताम्लिङको छायांकन, मनोज राईको सम्पादनमा यसको म्युजिक भिडियो निर्माण भएको छ । बिसिएएन अनलाइन च्यानलमार्फत यस गीतलाई हेर्न र सुन्न सकिनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।