“पुख्र्यौली अंशको पाखो
बाजेले रोपेका वर–पिपल, चौतारी
कानको दुलोमा
स्थिरताको तेल भरेर
निष्काम कुम्भकर्णहरू सुतिरहन्छन्
तर म देख्दैछु
छेवैबाट
एकहुल कलम किसानहरू
डोकोभरी कवि फूलका बेर्ना बोकी
वृक्षरोपणमा निस्केका छन्
युगका गह्रा र पाटोहरूमा
कलम जोत्न ।”
हुन त यो कविताको वर्णनमा कलमकर्मीहरूको मात्र वर्णन नभएर अन्य ब्यक्तिहरूको पनि वर्णन छन् । तर यी माथीका हरफहरूले नै पूर्णताको आभास दिएको छ । माथीका हरफहरूमा कवयित्रीले पुर्खाको सम्पत्तिमा राज गरेर अल्छे आँग तान्दै खान पल्केका सन्तानहरूलाई उपहास गर्दै ब्यङ्यबाण गरेर कलमकर्मीहरूलाई कलमी किसानहरूको पर्याय बनाएर साँच्चै कवि लेखकलाई मज्जाले हौस्याएकी छिन् । यसरी उन्का कविताहरूमा मिठासपूर्ण भाव र अर्थपूर्ण शैलीहरू पाइेन्छन् ।
दीप्सका कविताहरूसँग रुमल्लिँदा म उनका सबै कविताहरूमा निर्लिप्तसँग डुबेँ । मलाई यस्तो भान भयो कि उन्ले कविता रच्न खर्लप्प नेपाली शब्दकोश खाइनन् न त उन्ले कवितालाई अझ गहन देखाउँन क्लिष्ट शब्दहरूको नै प्रयोग गरेकी छिन् । यसैले उनका रचनाहरूमा सहजता, सरलता र असली चित्रण पाईन्छ । अब एउटी पाठक र चिरफारकर्ताको हिसाबले दीप्सको कलमी यात्रालाई नियाँल्दा मलाई यस्तो भान भयो कि कबयित्रीको भावना अति नै कोमल र सरल छ तथापी उनी अरु लेखक झैं शोक र बिव्हलतामा डुबेर त्यती रोएकी छैनन्, आफ्ना कविताहरूमा अर्थात उन्ले अरु प्रवासी लेखक मनहरूले झैं परदेशिनुको पीडा पर्याप्त मात्रामा पोखेकी छैनन् । सबै रचनामा उन्ले आफ्नो बर्गतले भ्याएसम्म आफ्नो शब्द,चयन सिर्जनालाई भरपुर कसी लगाएकी छिन् तापनी उनका कविता लेखनको बिषयमा “देशप्रतिको” विषय बस्तु अलिक कम नै पाइयो । यस्को अर्थ यो होइेन कि उन्मा देशभक्ति भाव नै छैन भन्ने । मलाई भने सबै प्रवासी कलमहरूको संग्रहमा “देश पीडा” नै औसतजस्तो बाचन गर्ने बानी परेकोले दीप्सको यो संग्रहमा यो बिषय नपाउँदा अलिकती खल्लो महसुश भने भयो । शायद अब आउँने संग्रहको लागी पो दीप्सले साँचेकी हुन् कि ? हुन त उनको एउटा कविता “मैले माटो बेचिन”मा भने देशप्रेम झल्किएको आभास छ तर मेरो नजरले त्यो मात्र पर्याप्त पाएन र मैले यसै भनें । यो मेरो मात्र जिद्दी भने होइन ।

सम्पूर्ण पाठकहरूले पढ्नै पर्ने कलम हो दीप्स शाह । “आगो” जस्ले पाए उस्को मन पग्ल्यो । जस्ले पाउँन बाँकी छ उस्को पनि मन पग्लिनेछ । जस्ले पाउँने चेष्टा गर्नेछ “आगो” उस्को निम्ति न्यानोपनको आभास बनेर कविता मुस्लो बनेर छाउँनेछ ।
“आगो”लाइे झनै मुस्लो बनाएर तेजिलो पार्ने जिम्मा अर्का बहुप्रतिभावान चित्रकार खगेन्द्र पन्धाक (चुम)ले आफ्नो कलाद्वारा पुस्तकका छातीभरी अर्थपूर्ण रंगहरू पोँतेर अझ उच्च कोटीमा पु¥याएका छन् । दीप्सलाइे आत्मिक भावले र ओजपूर्ण प्रेरणाले थुम्थुमाएर फेसबुककै मित्रहरूले अझै प्रेरणा दिएको पनि उन्ले उजागर गरेकी छन् । यसैले “आगो” सबैको प्रेरणा र उमङ्गको उपज हो भन्नमा अत्युक्ति हुन्न । यस्लाइे सबैले एकपटक प्रेरणाको “आगो” सम्झेर ताप्ने प्रयास गरेमा कठ्याङ्रिएको मनमा अवश्य पनि न्यानोपनको आभास मिल्ने नै छ ।
अन्त्यमा म कुनै समिक्षक नभएर एउटी पाठक र दिदीको नाताले भविष्यमा अझै यो यात्रामा उर्जा मिलोस् भन्ने हेतुले यति लेखिदिने हिम्मत गरें । यो कुनै समिक्षा नभएर हौशलाका शब्दहरू हुन् वा हुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।