काठमाडौं, १९ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे आफ्नो निवास बुढानीलकण्ठ बेलाउनु भएको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।
तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न पुगको नेता पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार तनहुँ प्रहरीले ३ घण्टा हिरासतामा राखेर छोडेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।