काठमाडौँ, २६ मङ्सिर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब बढाएको छ । साथै महिला र पुरुष दुबै खेलाडीलाई समान तलब दिने समेत निर्णय गरेको छ।
हिजो बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पु¥याउने निर्णय गरेको हो ।यसअघि पुरुष फुटबलरको तलब लामो समयसम्म बढेको थिएन। पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए भने महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे।
विभिन्न देशहरुले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।