काठमाडौँ, ०१ पुष । पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कानुन अघि सारेको छ । देशमा बलात्कारका घटनाहरु बढ्दै गएपछि पाकिस्तान सरकारले दोषीलाई रसायनिक तरिकाले नपुंसकसम्म बनाउने कानुन ल्याएको हो ।
मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्फीले यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर गर्नुभएको हो। यस अध्यादेशलाई अबको ४ महिना भित्र संसदबाट पास गराएर कार्यन्वयनमा ल्याइने पाकिस्तानका प्रधानमन्त्रीले बताउनु भएको छ ।
यसअघि आफ्ना दुई बच्चासहित लाहोर आउँदै गरेकी एक महिलालाई बाटोमा सामूहिक बलात्कार भए पछि देश भर चर्को विरोध भएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।