तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग - Naya Online

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म भई म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङसंग वैवाहिक जीवनयापन गरिरहेकी भीमकुमारी निङ्लेकुलाई सम्पर्क मञ्चले सहयोग गर्न पुगेको छ । उनको दुबै मृगौला फेल भई गत वर्षदेखि विराटनगर नर्सिङ होममा निरन्तर रुपमा उपचार भइहेको छ । निजको घरको आर्थिक अवस्था दयनीय भएको बुझेर मञ्चले सहयोग गरेको हो ।

सहयोगदाताहरुको नाम लिँदै निवर्तमान अध्यक्ष प्रेम सुब्बा खापुङले ६५ हजार ५० रुपैया हस्तान्तरण गरेका थिए । सहयोग गर्नेहरुमा तेह्रथुम मलेशिया सम्पर्क मञ्चको कोषबाट आरएम ४००, मनोज लिम्बू, फेदाप गाउँपालिका वडा नं. १ आरएम १५१, चेत थापा, पाँचथर आरएम १५१, सुरेन्द्र मगर, पाँचथर आरएम लक्षमण लिम्बु, फेदाप १, आरएम १०५, उमा खजुम म्याङ्लुङ न.पा. आरएम ५१, रमेश थापा, लालिगुराँस नपा आरएम ५०, चन्द्र फेदाप लिम्बु, छथर ३, आरएम ५०, तोया रोसन ढकाल फेदाप ५, आरएम ५०, पुर्ण गुरुङ्ग म्याग्लुङ्ग, आरएम ५०, निर्मल इमिहाङ् लिम्बु छथर ४ आरएम ३०, नगेन्द्र दाहाल म्याङ्लुङ १, आरएम ३१, बिष्णु कुमार राई फेदाप १ आरएम ५०, सन्तोष लिम्बु (फेदाप१), आरएम १०५, चन्द्रबहादुर लिम्बु (फेदाप २) आरएम १०५, महेन बस्नेत (लालीगुराँस ७) आरएम २५, खोमबहादुर खड्का –लालीगुराँस ७) आरएम २५, सीता चाम्लिङ राई आरएम ५१, संगम लावती (पाँचथर मिक्लाजोङ्ग ५) आरएम १२०, उपेन्द्र गुरुङ (म्याङ्लुङ ७) आरएम ५१, कुमार तेयुङ लिम्बु (लालीगुराँस ८) आरएम ३०, मोहनलाल राजवंशी आरएम ११, भुमेश गुरुङ (गेलाङ्ग स्याङ्जा) आरएम ३०, प्रवेश सेर्मा लिम्बु ( पाँचथर) आरएम १६१, महेन्द्र कुरुम्बाङ्ग (फेदाप) आरएम ५१, नानु श्रेष्ठ (काभ्रे) आरएम ५१, पुस्कल देवान (धनकुटा) आरएम ५५, माधब थापा –लालीगुराँस ७) आरएम ५०, बिमन लिम्बु – लालीगुराँस ७) आरएम ५०, नेत्र बहादुर अधिकारी (रमाइलो मोरङ) आरएम ५० र मुकुन्द सङ्ग्रौला –लालीगुराँस ६) आरएम २१ गरी जम्म आरएम २२६६ जुटेको थियो । जसलाई नेपाली रुपान्तरण गर्दा ६५ हजार ५० भएको थियो ।

विरामी भीमकुमारीले आफ्नो अवस्था क्रमिकरुपमा ठीक हुँदै आएको बताइन् । विरामीका श्रीमान धनवीर खापुङले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी सहयोग रकम लिएर आएका प्रेम सुब्बाले तेह्रथुम मलेसिया सम्पर्क मञ्चको अवस्थाबारे पनि जानकारी दिएका थिए ।

वैदेशिक रोजगारबाट समाजलाई सहयोग पुगिरहेको छ –प्रेम सुब्बा

वैदेशिक रोजगारमा जानेहरुले आफ्नो व्यक्तिगत जीवनमात्र सुधारेका छैनन्, समुदाय, समाज, गाउँ, जिल्ला र सिंगो मुलुकमा आइपर्ने विपत्तिमा सहयोग समेत गर्दै आएका छन् ।

विदेश पुग्नेवित्तिकै जिल्ला सम्पर्क मञ्च खडा गर्ने, त्यसमार्फत आफ्नो जिल्लामा परिआएको विपत्तिमा थैथाप गर्ने पहिलो पंक्तिमा देखिएका छन् । यसै मेलोमा मलेसिया पुगेका तेह्रथुमबासीहरुले तेह्रथुम मलेसिया सम्पर्क मञ्चको स्थापना भई विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । मञ्चका निवर्तमान अध्यक्ष प्रेम सुब्बाले तेह्रथुमे श्रमिकहरुलाई समस्या आइपर्दा सहजीकरण गर्ने, दुतावाससम्म पु¥याउने कार्य गर्दै आएको बताए ।

सन् २०११ मा स्थापना भएको मञ्चले वैदेशिक रोजगारमा रहदा दुर्घटना भए या उनीहरुको घरपरिवारमा केही समस्या आए सहयोग गर्ने हेतुले श्रमिक कोषको स्थापना गरेको छ । उक्त कोषले जिल्लाभित्रबाट कोही खर्चिलो विरामीको लागि सहयोग माग आएको खण्डमा गरिआएको कुरा पूर्व अध्यक्ष प्रेम सुब्बाले जानकारी दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग

ललितपुर, ४ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ...

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म...

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा...

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...