काठमाडौँ, ०७ पुस ।
प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । आज प्रचण्ड–नेपाल समुहको बबरमहलमा बसेको केन्द्रिय कमिटीको बैठकमा झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष ओलीले संविधान मर्यादा विपरित र एकता विरुद्धको कार्य गरि पार्टी अनुशासनको गम्भिर उल्लङघन गरेको भन्दै बैठकले पार्टीको अन्तरिम विधान अनुसार ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त समेत गरेको छ ।
उता ओलीले आफ्नो पक्षकाहरुको बैठकलाई संवोधन गर्नेक्रममा प्रचण्ड समुहकालाई पिलोको संज्ञा दिनुहुदै पिलो निचोरे फाल्दैमा तौल नघट्ने बताउनु भएको छ । साथै बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञावलीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ,
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।