ललितपुर ११ पुस । कलाकारिताको क्षेत्र कोरोना कहरका कारण अस्तब्यस्त बनेपछि मोडल मनिषा लकान्द्री बुटिक व्यावसायप्रति आकर्षित भएकी छन् ।
उनले पुस १० बाट इमाडोल, रातामकै चौक स्थित ‘मनिषा फेशन वयर’ सञ्चालनमा ल्याएकी छन् । फेसन हाउसको उद्देश्य अब देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने रहेको सञ्चालिका मनिषा बताउँछन् ।
महिलाले पनि एउटा पुरुषसरह जस्तोसुकै काम गर्न सक्छन् र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने धारणाको विकास गर्न यस फेसन हाउसले पहल गर्ने उनको भनाई रहेको छ ।
भविष्यमा विदेशमा कमाएर पठाएको रेमिट्यान्सले भन्दा स्वदेशमै कमाएर देश र आफूजस्तै युवा तथा महिलाहरुलाई पनि सीप सिकाउने तथा सबल बनाउन सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताईन । मनिषा फेसन वयरमा आफूले रोजेको जुनकुनै फेसनको कपडा भाडामा लिन वा खरिद गर्न सकिने व्यवस्था छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।