लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन - Naya Online

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

काठमाडौँ, ११ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् ।

प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट तथा विशेष अवसरहरूमा गाउने हुरडुङ्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिएको बताए । प्राज्ञ राईले दसैँका अवसरमा बजाइने बाइस् ख्वाट अर्थात २२ ओटा मादलका तालको भिडियो समेत लिएको सुनाए ।

ढङरु भाका सङ्कलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुङग्या भाका, शान्ति नगर गाउँपालिका विष्णुदास चौधरीले धनौरा र थरपैँया भाका र बाइस् ख्वाट (२२ मादलका ताल)को संयोजन घोराही–१० का चन्द्रप्रकाश चौधरीले गरेका थिए ।

लोकभाका अध्ययन, अनुसन्धान तथा सङ्कलन सम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गरेका थिए । उक्त लोकभाकाहरू सम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा. गोविन्द आचार्यले गरिरहेका छन् । यसै गरी प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीन ओटा लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान तथा सङ्कलन कार्य सकिएको र चाँडै नै ती सबै लोकभाकाहरूको रेकर्डिङ गरिने प्राज्ञ राईले जानकारी गराए । यसअघि प्राज्ञ राईले ताप्लेजुङको ओलाङचुङगोलामा पुगेर वालुङ जातिका लोकभाकाहरूको अस्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिरहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...

लालिगुराँस नगरभित्रका ८० वर्षभन्दा माथिका जेष्ठ नागरीकहरुलाई सम्मान

राजकमार तेयुङ तेह्रथुम, २० माघ । तेह्रथुमको लालिगुरास नगरपालिकाले नगरभित्रका जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि...