दक्षिण कोरिया, १२ पुस । दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको पहलमा चार दिने आधारभूत भर्चुअल सेयर तालिम सम्पन्न भएको छ। गत डिसेम्बर २४ तारिकमा दैनिक २ घन्टाको समयवधिमा जुम एप बाट उक्त प्रशिक्षण २७ तारिक सम्म सन्चालन भएको थियो । उक्त प्रशिक्षणमा नेपालबाट प्राध्यापक दिपेन्द्र लोवा प्रशिक्षकका रुपमा सहभागी थिए भने विभिन्न देशमा कार्यरत करिव ५० जना युवाहरुले सहभागिता जनाएका थिए।
अधिक याक्थुङ युवाहरुलाई लगानीमा सहभागी बनाउने उद्देश्यका साथ सन्चालन भएको उक्त प्रशिक्षणले सेयर बजार बारे सकरात्मक ज्ञान प्राप्त गरेको र आगामी दिनमा उत्साहका साथ नेपाली सेयर बजारमा लगानी गर्ने सहभागीहरुले बताएका छन्। त्यसरी नै सेयर बजार वैधानिक र स्वतन्त्र आर्थिक कारोबार हुने भएकोले आफुले राम्ररी बुझेर लगानी गर्न सकेमा राम्रो आम्दानी गर्न सकिने प्रशिक्षक दिपेन्द्र लोवाले बताएका छन्।
पहलकर्ता शुसिल चेम्जोङ ‘थेरिङ्बा’ का अनुसार सेयर कारोबारमा याक्थुङ समुदायको सहभागिता एकदम कम रहेको र प्राय अनभिज्ञ रहेकाले यस्तो प्रशिक्षण चलाउन अनिवार्य रहेको बताएका छन्। यो प्रशिक्षणबाट प्राप्त ज्ञान अन्य साथिभाइलाई पनि बाढ्न सहभागीहरुलाई उनले अनुरोध गरेका छन्। प्रविधिको यो जमानामा स्मार्ट फोन बाट जुन सुकै ठाउँमा रहेर पनि सजिलै सेयर कारोबार गर्न सकिन्छ। आफुले बुझेर राम्रो कम्पनीमा लगानी गर्न सकेमा राम्रो आम्दानी पनि गर्न सकिन्छ। यो प्रशिक्षण कार्यक्रम दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको लगानीमा अन्य देशमा रहेका याक्थुङ युवाहरुलाई निशुल्क सहभागी हुने अवसर प्रदान गरेका थिए।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।