इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन - Naya Online

इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन

इलाम, १२ पुस । इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १२, साङ्रूम्बामा आयोजित परम्परावादी स्थानीय याक्थुङहरूको प्रथम भेलाले युमा साम्यो महासभा नेपालको एक वडा समिति चयन गरेको छ ।

स्थानीय पूर्वजनप्रतिनिधि तथा फेजिरी फेदाङ्मा जयशोर लिङदमको सभापतित्व रहेको सो भेला श्री रत्नलक्ष्मी आवासीय विद्यालयको सभाकक्षमा सम्पन्न भएको थियो भने युमा साम्यो अभियन्ता मिराकचन्द्र लिङदमले सञ्चालन गर्नुभएको थियो ।

भेलाले हेमबहादुर लिङदमको अध्यक्षतामा आगामी बैठकले ५ सदस्य मनोनित गर्नेगरी निम्न अनुसार व्यक्तिहरू रहेको ३६ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष श्री लिङ्दम, सचिव रकमबहादुर लिङ्दम, सहसचिव संगीता सेर्मा नेम्बाङ, कोषाध्यक्ष हस्तमाया नेम्बाङ छन् ।

सदस्यहरुमा भुवनसिंह लिङदम, सोमबहादुर नेम्बाङ, हर्कबहादुर फेजङ, कालुहाङ फेजङ, तारावीर नेम्बाङ, जीतबहादुर योङहाङ, भक्तबहादुर नेम्बाङ, रत्नबहादुर लिङदम, दलबहादुर लिङदम, सुमित्रा लिङदम, रमिला लिङदम तुम्बाहाङ्फे र नरबहादुर यक्पाङदेन छन् ।

समितिको सल्लाहकार समितिमा टंक नेम्बाङ, गजाहाङ नेम्बाङ, टेकबहादुर लिङदम, जयशोर लिङदम, हेमबहादुर नेम्बाङ, सोम बहादुर नेम्बाङ, नन्द बहादुर लिङदम, रिसमान लिङदम, रामबहादुर लिङदम, दीपकिशोर लिङदम, प्रेमराज लिङदम छन् ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय सचिव भीमसेन लिङदम प्रमुख अतिथि रहेको सो भेलामा अतिथिहरूमा केन्द्रीय सदस्य जगतबहादुर योङहाङ, केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाङ्फे, स्थानीय समाजसेवी पे्रमराज लिङदम, लेखक तथा साहित्यकार दिपकिसोर लिङदम, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष राम लिङदम र नेकपा, इलाम नगरपालिका वडा नं. १२ का वडाध्यक्ष मंगलसिंह फेजङ रहनुभएको थियो ।

प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको सो भेलामा फेजिरी फेदाङमा राम लिङदमले युमा हेना मुन्धुम प्रस्तुत गर्नुभएको थियो ।

मौलिक याक्थुङ मुन्धुम, संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन र समसामयिक परिस्थितिहरू बारे अतिथिमा रहनु हुने महानुभावहरूले आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएको थियो । कहीँकतै पनि याक्थुङ पाःन तथा मुन्धुम हाबेकमा किरात बारे उल्लेख नहुने हुनाले हामी मूलवासी याक्थुङहरू किरात होइनौं र हिन्दू धर्मको अभ्यास गरिरहेको किरात धर्म याक्थुङ जातिको धर्म नभएको प्रष्ट धारणा वक्ताहरूले व्यक्त गरेका थिए ।

इलाम नगरपालिका वडा नं. १२, साङरूम्बा निवासी अग्रज तुतु तुम्याहाङ, याक्ला सुहाङ, नाली थाङ्बेन, सिसा मेन्छिन, फेदाङमा, साम्बा, येबा, येमा, तुम्भाक्सा, तुम्भाक्मा, थुङ्दोबा, थुङ्दाङबा आदिको बहुमतले याक्थुङ लिम्बु जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन आप्लुङ ताङ्सेप (संरक्षण) गर्नका साथै असंगठित अवस्थामा रहेका बहुसंख्यक युमा साम्यो अनुयायी (युमा धर्मावलम्बी) याक्थुङहरू संगठित भई अगाडि बढ्न सम्पूर्ण तुतु तुम्याहाङ तथा पेगिफाङसाम (फेदाङ्मा, साम्बा, येबा, येमा, युमासाम, सिङसाङगे फेरेङ्गे आदि)लाई सुव्यवस्थित रूपले संगठित भई अघि बढ्ने बढाउन पितापूर्खाहरूका पालादेखि मानि–पुजिल्याइएका मौलिक धर्म युमा साम्योलाई कार्यक्रमिक रूपले अघि बढाउने, नवगठित स्थानीय समितिको निर्देशनमा सम्पूर्ण युमा साम्यो अनुयायी अथवा युमा धर्मावलम्बीहरू अगाडि बढाउँदै आगामी २०७८ सालको राष्ट्रिय जनगणनामा जातिमा याक्थुङ लिम्बू, पुर्ख्यौली र मातृभाषामा याक्थुङ, दोस्रो भाषामा खस नेपाली वा अन्य र धर्ममा युमा धर्म लेख्ने लेखाउने प्रतिबद्धता पारित गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...

लालिगुराँस नगरभित्रका ८० वर्षभन्दा माथिका जेष्ठ नागरीकहरुलाई सम्मान

राजकमार तेयुङ तेह्रथुम, २० माघ । तेह्रथुमको लालिगुरास नगरपालिकाले नगरभित्रका जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि...