काठमाडौं १४, पुस । । संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक समिति गठन प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।
देशभरका तीन सयभन्दा बढी मोबाइल व्यवसायी संघहरुको छाता संगठनको रुपमा गठन भएको महासंघले सबै तहमा संगठन विस्तारलाई तीब्रता दिएको हो । हालसम्म बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा समिति गठन गरिसकिएको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिनु भयो । अध्यक्ष भट्टराईका अनुसार पुष १६ गते १ नम्बर प्रदेश र १७ गते २ नम्बर प्रदेशमा प्रादेशीक समिति गठन भएपछि प्रदेश स्तरीय संगठन विस्तारको काम सम्पन्न हुनेछ ।
संघ, प्रदेश, जिल्ला र स्थानीय समिति गरी चार तहमा संगठन विस्तारको क्रममा रहेको महासंघले जिल्ला तथा स्थानीय समिति गठनलाई समेत अघि बढाएको छ । अध्यक्ष भट्टराईका अनुसार अधिकांस जिल्लामा समिति गठन भइसकेको छ । सबै तहमा संगठन विस्तार गरिसकेपछि यसै वर्ष केन्द्रीय समितिको महाधिवेशन गरिने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।
मोवाइल व्यवसायीले राज्यलाई उल्लेख्य कर तिरे पनि राज्यवाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेकाले राज्यको सेवा सुविधा प्राप्त गर्न संगठित अभियान थालिएको भट्टराईको भनाइ रहेको छ । देशभर नौं हजारभन्दा बढी मोबाइल व्यवसायी रहेको महासंघको तथ्याङ्क छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।