हो ! सरकार यहाँ, नदी नाला बेच्दैछ
ऊ आफ्नो घरको ,चाबी ताला बेच्दैछ ।
खाडीमा श्रमिक बेच्दा ,नपुगेरै होला
ईमान जायजेथा, सालाखाला बेच्दैछ ।
रक्सीको नसा हो या, प्रेमको नसा
बेहोसीमा आफ्नो ,मधुशाला बेच्दैछ ।
धर्मको उज्यालो ज्योती ,छर्दै हिड्नेले
आफ्नै मन्दिरको दियो,पाला बेच्दैछ ।
आफ्नो धरातल कति, छिटो बिर्सन्छ
विद्यावारिधी गरेर, वर्णमाला बेच्दैछ ।
हो ! सरकार यहाँ, नदी नाला बेच्दैछ
ऊ आफ्नो घरको ,चाबी ताला बेच्दैछ ।
रोमु अधिकारी,सुनसरी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।