कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती - Naya Online

कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती

काठमाडौँ, १५ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा परिसरमा अवस्थित कविशिरोमणिको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेर मनाइएको छ ।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कवितासाहित्यको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो— “नेपाली कवितासाहित्यको आधुनिकीकरण गर्ने कार्यमा कविशिरोमणि पौड्यालको विशिष्ट योागदान छ । जीवनलाई प्रकृतिसँग जोड्ने कार्य उहाँले कवितामार्फत् गर्नुभयो । यसकारण नेपाली कविताका क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।”

उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्याल र उहाँकी धर्मपत्नी सत्यदेवी सापकोटा पौड्यालको नाममा उहाँको जन्मस्थल कास्कीमा एक प्रतिष्ठान स्थापना गरी उहाँको योगदानलाई जीवन्त राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा कुलपति र उपकुलपतिलाई कविशिरोमणि पौड्यालकी कान्छी छोरीपट्टिकी नातिनी डा. प्रतिमा पाण्डेले पौड्यालकी धर्मपत्नी सत्यदेवीको तस्बिर हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले कविशिरोमणिका कविता तरुण तपसी र कालमहिमा पाठ गर्नुभएको थियो । सो अवसरमा कलाकारहरू विकासनाथ योगी, सुरेशराज बज्राचार्य र रमेश अधिकारीले मङ्गलधुन प्रस्तुत गर्नुभएको थियो ।

वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उहाँका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल उपस्थित हुनुहुन्थ्यो । यसै गरी प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, साझा प्रकाशनका अध्यक्ष, नेपाल बैँक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ताप्लेजुङमा लिम्बुवान मञ्चको राजनैनिक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ताप्लेजुङ, १३ फागुन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति...

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १३ फागुन । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९...

सर्वोच्च अदालतले नेकपा विवाद बारे २० गते निर्णय दिने

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हुने भन्ने विवादमा...

टर्की पु¥याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

काठमाडौं, १३ फागुन । दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २...

काठमाडौंबाट गैंडा मारी खाग बिक्री गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १३ फागुन । गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई...

झापामा ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, १३ फागुन । झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध...

कार्यालय प्रमुखसहित दुई प्रहरी घुससहित पक्राउ

काठमाडौं, १३ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका...

उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १३ फागुन । उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

पुरानै कुर्सीको खेल शुरूहुने खतरा : डा.भट्टराई

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा...