अलग अभियानको अलग अनुभूति - Naya Online

अलग अभियानको अलग अनुभूति

इन्द्र नारथुङे


“एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ, त्यही सम्बन्ध स्थापना गर्ने सेतु–अलग अभियान हो” । अलग अभियानका अभियन्ता कवि एवं गीतकार नाकिमाले यसो भनिरहँदा घडिको सबैभन्दा छोटो सूईसँगै कार्यक्रम पनि उत्कर्षबाट क्रमश: ओह्रालो बग्दै थियो । झण्डै पौने दर्जन कवि–कवयत्री र उत्तिनै संख्याका गायक–गायीकाहरूले पस्किसकेका कविता र गीत–संगीतको आस्वादनमा डुबुल्किन्दै म भने उत्कर्षतर्फ उक्लन्दै थिएँ ।

२२ चैत्र २०७० को त्यो मध्यान्न, पुरानो बानेश्वरबाट अनामनगरको मण्डला थिएटरतर्फ चालेका पाइलाहरू म एकाएक मोडिदिन्छु तछिखेलतर्फ । मण्डला थिएटर, जहाँ मेरो घनिष्ट मित्र गणेश खड्काको नाट्य कृति ‘थिएटरमा आँखाहरू’ को विमोचन हुँदै थियो । उनले मलाई नै भनेर औपचारिक निमन्त्रणा त गरेका थिएनन् तर पनि उनको फेसबुकबाट सबै सुभेच्छुकहरूलाई भनेर निमन्त्रणा गरिसकेका थिए । उनको सुभेच्छुक मध्ये म पनि पर्छु, त्यसैले त्यो निम्तो मलाई पनि हो भन्ने बुझेर मैले मण्डला थिएटरमा जाने निधो गरेको थिएँ । तर १५ दिन अगाडि दिक्तेल बजारको एउटा चिया पसल भित्र जे.पि.टी. (JPT) कार्यक्रममा झुमिरहँदा संगीतकार एवं सञ्चारकर्मी मित्र भीमसेना राईले ‘अलग अभियान’को नयाँ श्रङ्खला काठमाण्डौमा हुँदैछ भनिरहँदा; म त्यो बेला काठमाण्डौमा हुने र जसरी पनि सहभागिता जनाउने प्रतिवद्घता व्यक्त गरेको थिएँ । त्यसैले म मण्डला थिएटर खोज्दै अनामनगरको साटो तछिखेलतर्फ मोडिएँ । तछिखेल हानिनुको अर्को कारण पनि छ, त्यहाँ अरुको सिर्जना सुन्नु मात्र होईन आफ्नो समेत सुनाउन सकिन्थ्यो ।

गीतले अभियानको विशेषता र उद्देश्य बोल्दै थियो, म सबै अनुहारहरूमा आँखा दौडाउँदै थिएँ । त्यहाँ मैले चिनेका जम्मा ४ जना देखिए, भीमसेना, नाकिमा, स्व. स्वप्निल स्मृति र रेवत । आसनग्रहणपछि थपिएका थिए केशव, झुमा र तिर्थ । तर बबिनाले जति कवि–कवयत्री र गायक–गायीकाको नाम बोलाउँदै जान्छिन् म उत्तिनै चकित हुँदै जान्छु । त्यस हलमा कतै न कतै सुनेका र पढेका नामहरू नै रहेछन्, अहँ विरानो नाम भेटिन मैले ।

कार्यक्रममा कोही सभापति थिएनन् तर प्रमुख अतिथि अर्थात कार्यक्रमका आकर्षण दुई जना थिए, कवि केशव सिल्वाल र गायीका झुमा लिम्बू । यसैबीच कतारबाट केही दिन अगाडि मात्र काठमाण्डौ आइपुगेका अन्तराष्ट्रिय साहित्य समाज कतार शाखाका अध्यक्ष एवं कवि तिर्थसंगम राई अर्का विशेष आर्कषण थिए, त्यस श्रृङ्खलाका । अभियानका अभियन्ता नाकिमाले केही शब्द बोलेर कार्यक्रम सञ्चालन गर्न बबिनालाई माइक्रोफोन हस्तान्तरण गरेपछि अभियानले औपचारिकता पायो । अनि शुरु हुन्छ, अभियानको लोगो अर्थात सामुहिक गायन । गीतले अभियानको विशेषता र उद्देश्य बोल्दै थियो, म सबै अनुहारहरूमा आँखा दौडाउँदै थिएँ । त्यहाँ मैले चिनेका जम्मा ४ जना देखिए, भीमसेना, नाकिमा, स्व. स्वप्निल स्मृति र रेवत । आसनग्रहणपछि थपिएका थिए केशव, झुमा र तिर्थ । तर बबिनाले जति कवि–कवयत्री र गायक–गायीकाको नाम बोलाउँदै जान्छिन् म उत्तिनै चकित हुँदै जान्छु । त्यस हलमा कतै न कतै सुनेका र पढेका नामहरू नै रहेछन्, अहँ विरानो नाम भेटिन मैले ।

पहिलो कविता रोशन खड्काले बाचन गर्छन् । बाल मनोविज्ञानलाई विषयवस्तु बनाएर छोरीको प्रश्नहरूमा उनले थुप्रै कलिला जिज्ञाँसाहरू छताछुल्ल बनाए । नदिका…, फूलका…, भमराका…। साँच्चै कविताभित्र कताकता मैले मेरै विगत देखें । थुप्रै प्रश्नहरू, थुप्रै रहरहरू । ती प्रश्नहरू कति हल भए कति बाँकी छन् तर रहरहरू खै यसै भन्न सकिन्न । बरु रोशनले पोखेका कविताका बान्कीहरू मानसपटमा बासी बन्न नपाउँदै पाँचथरे गायीका ऋतु राई हारका श्रृङ्खलाहरूलाई सुरिलो गलामा सजाउन आइपुग्छिन् । “हार्ने मान्छे म त गाउँछु, मेरै हारको गीत…”, सन्ध्या साम्पाङको यी शब्दहरू भित्र पीडासँगै जीवनबोधका अनुभूतिहरू ऋतुले पोखिरहिन् । ऋतुको सुमधुर आवाजले विश्राम गर्न साथ कवि नदिस, एउटा विगतलाई कथा बनाएर कविता वाचन गर्न आइपुग्छन् । “नयाँ भन्नु उमेर मात्रै हो, बाँकी सबै पुरानै छ”, उनको ‘कथा’ शिर्षकको त्यो कविता भित्र पनि ऋतुले गाएकै गीतको झल्को आइ¥ह्यो । भावुकतामा डुबिरहेको मन कल्पनामा उडान भर्छ…कहिले विगततर्फ, कहिले आगततर्फ । विगत सम्झनु मात्र न हो, सम्झियो पीडामात्र त्यसैले आगतलाई बढी मन पराउँछु म । यही आगत र विगतको लठारोमा पिङ मच्चिरहेको बेला बबिनाले बोलाउँछिन् रेवत र मेलिनालाई । रेवत कुनै बेला दिक्तेलको सेलिब्रेटी, अहिले काठमाण्डौको सेप लागेर अलि तनौरे भएछन् । तर उनको स्वर पहिलाभन्दा धेरै माझिएको अनुभूति गरें । उनीहरूले मैले धेरै चोटी सुनेर मन पराएको गीत गाए । “तिमी चैतारी बिसाई यो मन, तिमी द्यैराली चढाई यो मन”…समर्पण भाव…प्रेमिल शब्दहरू, सुहाउँदिलो संगीतमा ठ्याम्मै मिलेका स्वर । म गीतसँगै हराउन पुग्छु । केही पर गीटारका झिनो तारहरूमा औंला खेलाई रहेका भीमसेना मलाई क्वारक्वारती हेर्छन् र मुन्टो हल्लाउँछन् । म जवाफमा अलिकति मुस्काउँछु । नेपालको सांगीतिक आकाशमा स्व. अरुणा लामा कहिल्यै नबिलाउने तारा हुन् । उनको पीडै–पीडाले भरिएको मधुर स्वर मृत्युपछि अझ बढी प्रीय भएको छ मलाई ।

अम्बर गुरुङकी चेली झुमाले अम्बरसँगै मिलेर भरखरै बजारमा ल्याएको ‘अम्बर संगीत’ एल्बमको केही गीतहरू गाइन् । स्वर र शब्द अनुसार संगीत भर्न माहिर अम्बरले भरेको संगीतमा झुमाले पहिले बतासले फूल झार्दा मन झरेको कथा गाइन्, फेरि ‘उनले बगेको खोला जस्तै जिन्दगी’लाई रोजिन् र अन्त्यमा सबैको आग्रहमा जिन्दगीकै गीत गाइन् । पीडाभित्र आशा मिसिएको उनको त्यो गीतले भन्दै थियो, ‘सागर हो कि जिन्दगी सानो खोला…जिन्दगी जिन्दावाद ।’ साँच्चै जिन्दगी धेरैलाई बोझ लाग्ला, धेरैको जिन्दगी पिडादायक होला तर त्यही पीडा, त्यही बोझ जिन्दगीको सौन्दर्य हो ।

उनको जीवन कथासँग झण्डै मेल खाने गीतहरूमा सायद धेरैले आफू उभिएको महशुस गर्लान् । अरुणा नेपाली श्रोताको मात्र होइनन्, बरिष्ट संगीतकार अम्बर गुरुङको मन पर्ने गायीका । अम्बरले संगीतबद्घ गरेका धेरै गीतहरूमा अरुणाले स्वर भरेकी छिन् । उही बरिष्ठ संगीतकार अम्बरको सानिध्यमा रहेर अर्की अरुणाको जन्म भएको छ–नेपाली आधुनिक संगीतमा, उनि हुन् झुमा लिम्बू । कार्यक्रमकि अतिथि झुमाले गीत गाइरहँदा स्वर किन्नरी अरुणाकै आवाज गुञ्जिरह्यो अन्तर मनमा । अम्बर गुरुङकी चेली झुमाले अम्बरसँगै मिलेर भरखरै बजारमा ल्याएको ‘अम्बर संगीत’ एल्बमको केही गीतहरू गाइन् । स्वर र शब्द अनुसार संगीत भर्न माहिर अम्बरले भरेको संगीतमा झुमाले पहिले बतासले फूल झार्दा मन झरेको कथा गाइन्, फेरि ‘उनले बगेको खोला जस्तै जिन्दगी’लाई रोजिन् र अन्त्यमा सबैको आग्रहमा जिन्दगीकै गीत गाइन् । पीडाभित्र आशा मिसिएको उनको त्यो गीतले भन्दै थियो, ‘सागर हो कि जिन्दगी सानो खोला…जिन्दगी जिन्दावाद ।’ साँच्चै जिन्दगी धेरैलाई बोझ लाग्ला, धेरैको जिन्दगी पिडादायक होला तर त्यही पीडा, त्यही बोझ जिन्दगीको सौन्दर्य हो । यही सौन्दर्य भित्र जिन्दगी अझ खुल्नुपर्छ र सबैले भन्नु पर्छ, जिन्दगी जिन्दावाद । झुमाले गाएको त्यो गीतले सबैलाई छोयो, सबैको अन्तरहृदयमा त्यो कोमल शब्द, संगीत र स्वरले तरङ्ग ल्याईरह्यो । उनीले अर्को कार्यक्रममा सहभागि हुन थियो, गीत गाइन् र अरु श्रृङ्खलामा आएर गाउने बाचा गर्दै निस्किइन् ।

हामी पर्शुराम कार्कीको ‘तीन जुरेको प्रतिविम्बमा म’ शिर्षकको कवितामा अल्झन्दै संखुवासभाका अक्करिलो ठाउँहरूमा चक्कर काट्न थाल्यौ । अनि आए युवा पुस्तामा विस्तारै चर्चाको शिखर उक्लदै गरेका गायक सागर राई ‘संसार’, कुनैबेला उनकै कोठामा बसेर खोतलखातल पारेको गोपालचन्द्र राईको त्यही गीत गाए सागरले । संगीत भरेपछिको गोपालका शब्दहरू मलाई अभबढी सुन्दर लाग्यो । सागरको गीतले मन तरंगीत भइरहेको बेला अविनास भट्टराई कविता सुनाउन आउँछन् र फूल नपराउनुको कारण ओकलेर जान्छन् । समय ढल्कँदै थियो, कार्यक्रम भरखर आधाउधी हुँदो हो । तर कसैलाई हतारो थिएन, बस् गंगीत र कवितामा सबै एकाग्र थिए । यही बेला प्रथम मिस राई ‘युमा’ आफ्नो पहिचान खोज्दै आइपुग्छिन्, डबलीमा । नाकिमाको शब्द र भिमसेनाको संगीतमा साथ लिदै यूमाले भनिन्…म एलम्बर कि छोरी…मेरो चिनारी यूमा…। उद्घोषिकाले भनेझै युमाको चिनारी प्रथम मिस राई मात्र होइन उदियमान गायीका पनि हो । युमाको चिनारीसँगै अर्का अतिथी तिर्थसंगम राई च्याब्जुको इतिहास लिएर आउँछन् । उनी मैले मलेसियामा लामै समय दिएको र मेरो कविता संग्रहको प्रकाशक समेत भएको अन्तराष्ट्रिय साहित्य समाज कतार शाखाका अध्यक्ष हुन्, उनी खोटाङको बुइपामा जन्मेर मोरङ हुँदै झापाका स्थायी बसोवासी हुन पुगेका छन् । उनी लाहुरे च्याब्जुको इतिहाससँग सन्तुष्ट छैनन्, आफै जस्तो सबाल्र्टनलाई सिध्याउनुको पीडामा च्याब्जु अल्झिरहेको बेला उनले कवितामा इतिहास भर्दै थिए । सायद उनको च्याब्जुका अवशेषहरू उही बुइपाको कुनै जंगलमा होला तर उनी इतिहास बनाउन अहिले अक्षर यात्रामा छन् । घर पुग्नुको हतारोले कविता सुनाउन वित्तिकै तिर्थ बाहिरिन्छन्, अनि निला तामाङ आउँछिन् यर्थातपरक गीत बोकेर । दिदी मिना तामाङको शब्द र संगीत रहेको त्यो गीतको स्थायीमा बुद्घ दर्शनको प्रभाव थियो, अन्तराहरूमा प्रेमिल शब्दहरू…‘जतिसुकै माया भएनी, छाडेर टाढा जानु नै छ….. ।’

साँच्चै उनले गीत मात्र होइन, जीवनको वास्तविकता सुनाईन् । माझिन्दै गएको उनको स्वर उस्तै प्रेमिल लाग्यो मलाई । निलापछि कविता बोकेर नवाम अणु आउँछन्, अनि पालो आउँछ राजकुमार राईको र भेलबाढीमा बगेको जिन्दगीको कथा सुनाउँछन् । लगत्तै ‘परिवर्तन’ शिर्षकको कविता बोकेर धनहिरा राई सभ्यताको खोजिगर्न अलग अभियानमा सहभागि हुन्छिन् । दिक्तेल बजारको पूर्वतर्फ बेग्लै पहिचान बोकेर उभिएको नेर्पा गाउँकी ति चेलीको कविता मैले दोश्रो पटक सुन्दै थिएँ । दिक्तेलमा सम्पन्न साहित्यिक महोत्सवमा पनि काठमाण्डौबाट कविता सुनाउन पुगेकी थिइन् उनी । समय निरन्तर बगिरहन्छ, डबलीमा शोभा परियारको आवाज गुञ्जन थाल्छ, ‘जूनको माया लगाएछु आकाशमै बसिगयो, फूलको माला लगाएछु ओइलिएर खसिगयो’….. । शोभाको सुरिलो आवाजमा गुञ्जदै थियो शकुन राईका शब्दहरू, शकुन आफ्नो नाम पछाडि ‘आशुँ’ लेख्छिन् । सायद उनको आफ्नै आँशु पो हो कि त्यो गीत । केही गर्छु भन्दाभन्दै अहिले कोरिया पुगेकी छिन् । एउटा सानो खोलाले हाम्रो घरलाई अलग्याएको भए पनि सकुन र मेरो सिर्फ दुईवटा साहित्यिक कार्यक्रममा मात्र जम्काभेट भएको छ । हामी दाजु–बहिनी, तर शब्दको खेतीमा उनी अगाडि छिन् म भन्दा । उती टढा पुगेर पनि शब्दहरू विस्कुन लगाउन बिर्सेकी रहिनछिन् सकुनले । शोभाको आवाज, मण्डलको संगीतले जति सन्तुष्ट हुन्छु उतीनै सकुनको शब्दले आनन्द दिन्छ मलाई । शोभापछि मैले कविता भट्याएँ अनि पालो आउँछ रेवतको, भोगेन एक्लेको शब्द र भिमसेनाको संगीतमा रेवत गाउँन थाल्छन्, अधिल्लै दिनमात्र फेसबुकमा सो गीतको रेकर्डिङ गर्ने काम सकियो भनेर भीमसेनाले स्टाटस् लेखेका थिए । सो गीत मैले भीमसेनाकै आवाजमा रूपाकोट एफएमको कार्यालयमा सुनेको थिएँ । विरही शब्दहरूले सुहाउँदिलो संगीत पाएको सो गीतमा रेवतको स्वर गज्जबै खुलेको पाएँ । रेवतपछि लोचन ज्योति राई फूलका कविताहरू बोकेर अलग अभियानमा सुगन्ध छर्न आईपुग्छिन् ।

कार्यक्रमको टुङ्ग्याउनीअगाडि चियापानको कार्यक्रम शुरु हुन्छ । चिया हतार–हतार पिएर नाकिमा कार्यक्रमको बिटमार्न र कविता सुनाउन कार्यक्रमका प्रमुख अतिथि कवि केशव सिल्वाललाई बोलाउँछन् । केशव सिल्वाल, समकालिन कविहरूमा निक्कै चर्चा पाएका कवि । उनका कविताहरू अक्सर म पढ्न छुटाउँदिन । तर मलाई किन किन केशवसँग कहिलेकाँही डाहा पनि लाग्छ ।

जलवायु परिवर्तनसँगै फूल फुल्ने प्रक्रियामा आएको परिवर्तनलाई कविताको भाव बनाएको उनी सुनाउँछिन् । तर कविता सुन्दै जाँदा त्यहाँ मानव जीवनमा आएको परिवर्तन र स्वभावहरूलाई पनि विम्बहरूले छोएको रहेछ । फूल जस्तै कोमल कवितापछि निश्छल राई आफ्नै शब्द–संगीतमा मन भित्र बढ्दै गएको बेचैनीलाई कतै प्रेममा परेको संकेत पो हो कि, भनेर सोध्छन् । कार्यक्रमको टुङ्ग्याउनीअगाडि चियापानको कार्यक्रम शुरु हुन्छ । चिया हतार–हतार पिएर नाकिमा कार्यक्रमको बिटमार्न र कविता सुनाउन कार्यक्रमका प्रमुख अतिथि कवि केशव सिल्वाललाई बोलाउँछन् । केशव सिल्वाल, समकालिन कविहरूमा निक्कै चर्चा पाएका कवि । उनका कविताहरू अक्सर म पढ्न छुटाउँदिन । तर मलाई किन किन केशवसँग कहिलेकाँही डाहा पनि लाग्छ । उनका कविताहरू मैले वा हामी जस्तैहरूले लेख्नु पर्ने, उनले लेखिदिंदा त्यस्तो अनुभूति भएको । यथार्थतामा उनीप्रतिको डाहा नभै अपनत्वको अनुभव हो । उनी जुन समुदायमा जन्मे तर त्यो समुदायभन्दा भिन्न अर्थात सबाल्र्टनहरूको आवाज कवितामा लेख्छन ।

उनले अलग अभियानको त्यो बसाईमा मैले पढेर मन पराएकै कविताहरू बाचन गरे । चिवे चरा, तुइनमा उल्टो झुण्डिएर, ङा चेपाङ र दुःखले आज्र्याको मुलुक जस्ता अत्यन्तै चर्चित कविताहरू सुनाएर उपस्थित सर्जकहरूको वाह ! वाही बटुले । प्रीय कवि, मेरै मनको कुरो कवितामा लेख्ने तर स–शरिर नभेटिएका कविले पाँचहातपर उभिएर कविता वाचन गर्दा मैले धित मरुञ्जेल ताली नपिटिरहन सकिन । सबैको अनुरोधमा अन्तिम कविता ‘दुःखले आज्र्याको मुलुक’ केशवले वाचन गरिरहँदा म भने गोर्खा राज्य विस्तारसँगै पराजितहरूले भोग्नु परेको अवस्थालाई महशुस गर्दै भावुकतामा डुबिरहेका थिएँ । उनी भन्दै थिए कवितामा ‘छप्छपी काटियो आफ्नै मितलाई, कम दुःखले आज्र्याको मुलुक होइन यो…सबैमा चेतना भया…..। कार्यक्रम सकियो तर मनपराएका कविहरू स्व. स्वप्निल स्मृति र नाकिमाको कविता र भीमसेनाको ठट्यौली र गीत सुन्ने रहरभने अधुरै रह्यो । घडि हेर्दा अबेर जस्तै भइसकेको थियो । तर भीमसेनाले रोकिन इसारा गरे । कार्यक्रममा प्रयोग गरिएका बाध्ययन्त्र र कुर्सीहरूको

थक्कोमन्कोपछि भीमसेना र म बाहिरिन्छौं । र, जेपिटी (JPT) लाई सम्झदै अलिकपर सुटुक्क छिर्छौं । (जेपिटी, के हो भन्ने बारे अरुबेला लेखौंला)

७ वर्ष अगाडि मलेसियाबाट प्रकाशित हुने नेपाल पृष्ठभूमिमा रहेको यस स्तम्भका सामाग्री नयाँअनलाइनमा क्रमशः राखिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता

नन्द कन्दङवा प्राचिन नेपाल र नेपाल राज्यको निर्माण वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र...

‘लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ’

सुरेन्द्र फोम्बो त्यसो त कुनै जाति, भाषा वा धर्मको सीमारेखाभित्र सधैँ समाज अडिरहन्छ भन्ने...

पुस २५ मा विराटनरसहित तीन शहरमा जसपाको विरोध कार्यक्रममा

फिपराज बेघा विराटनगर, २४ पुस । जनता समाजबादी पार्टी, (जसपा) नेपालले पुस २५ गतेदेखि...

अरपेको कथा: ‘मलाई परदेश फापेन’

जीवन देवान गाउँले घरको लागि घर छोड्नु, परिवारको लागि परिवार छोड्नु र देशको सिमाना...

अलग अभियानको अलग अनुभूति

इन्द्र नारथुङे “एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ,...

लिम्बुवान मञ्चद्धारा प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन

दमक, १५ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको...

प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन

नन्द कन्दङवा आजसम्म पढिएको नेपालको प्राचिन ईतिहास बंशावलीको भनाई अनुसार दानासुर (बानासुर?) ले नेपाल...

जसपाले पुस १० गतेबाट देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ, ०७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ...

प्रचण्ड–नेपाल समुहका अध्यक्षमा माधव नेपाल चयन

काठमाडौँ, ०७ पुस । प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा माधवकुमार नेपाललाई चयन...

जसपाद्धारा प्रतिनिधि सभा विघटन निरङ्कुशताको प्रतिवाद गर्न आग्रह

काठमाडौँ, ०६ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय प्रतिनिधि सभा विघटन गरिनु...