मास्टर मित्रसेन थापा बीसौँ शताब्दीका एक किम्वदन्ती – सर्जकहरू - Naya Online

मास्टर मित्रसेन थापा बीसौँ शताब्दीका एक किम्वदन्ती – सर्जकहरू

लन्डन(यूके) ३ जनवरी । नेपाली लोक सङ्गीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्रसेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वाद्र्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् सङ्गीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् ।

१२५ र्औँ मास्टर मित्रसेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आइतबार आयोजना गरेको जुम परिचर्चा कार्यक्रममा बोल्दै गुवाहाटी विश्वविद्यालय आसामका प्रा.डा. खगेन शर्माले मास्टर मित्रसेनको बहुआयामिक व्यक्तित्वको प्रभाव भारत र नेपालमा समान रहेको बताए । मास्टर मित्रसेनको योगदानउपर नै शोध विद्यावारिधि गरेका प्रा.डा. शर्माले उनको कृतित्व र व्यक्तित्वको थप अध्ययन गर्न द्विदेशीय पहल हुनुपर्ने जिकिर गरे । ‘उनी बीसौँ शताब्दीका एक किम्वदन्ती हुन् । सामाजिक चेतनादेखि जातीय जागरण ल्याउनसम्म उनले काम गरेका छन्,’ उनले भने, ‘भारत र नेपालका सर्जकहरूले संयुक्त रूपमा पहल गरेर उनको व्यक्तित्वको थप प्रचार गर्नुपर्छ ।’ उनले सेनलाई चर्चित सङ्गीतकर्मी डा. भूपेन हजारिकासँग तुलना गर्दै पहिलो नेपाली गीतको डिस्क रेकर्ड, नाटक रेकर्डदेखि सामाजिक कामसम्ममा उनको महत्वपूर्ण देन रहेको बताए । दुई देशले हुलाक टिकट छापेका दुर्लभ व्यक्तिमा मास्टर मित्रसेन रहेको समेत भन्दै डा. शर्माले उनको परिवारसँग समन्वय गरेर थप संरक्षणका काम गनुपर्नेमा जोड दिए ।

त्यसैगरी, सेन जन्मेकै थलो भाग्सु धरमशालाबाट बोल्दै मित्रसेन साहित्य सङ्गीत सभाकी अध्यक्ष साधना नेपालीले ब्रिटिस औपनिवेशिककालमा सेनले झ्याउरे लयमा गीत सङ्गीत रचेर चेतना फैलाएको बताइन् । ‘मास्टर मित्रसेन साझा सम्पत्ति हुन् । सामाजिक समस्याबारे उनले धेरै छोएर लेखेका छन् । अबका सन्ततिहरूले उनीबाट प्रेरणा लिनुपर्छ,’ उनले भनिन् । उनको घर अहिले सङ्ग्रहालयका रूपमा रहेको भन्दै सबैले थप सम्भार संरक्षण गर्नुपर्ने सुझाइन् । त्यस्तै, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, काठमाडौँका अध्यक्ष त्रिलोकसिङ थापा मगरले सेनका पाण्डुलिपिको सङ्कलनदेखि पाठ्यक्रमको तयारीसम्म प्रतिष्ठानले काम गरिरहेको सुनाए । ‘साँस्कृतिक साङ्गीतिक पर्यटनका लागि मास्टर मित्रसेनसँग सम्बन्धित स्थलहरूको संरक्षण गरिनुपर्छ । भाषाको आन्दोलनमा लाग्नेहरूले पनि सेनको जीवनीलाई फर्केर हुनुपर्छ’ थापाले भने ।

कार्यक्रममा सुरेन्द्र इङ्नाम, सेमन्त राई, भरत लोहोरूङले बाँसुरी, मिन रानाले सारङ्गीमार्फत् मित्रसेनका गीतका धुनहरू प्रस्तुत गरे । त्यस्तै, क्याप्टेन वीर बहादुर थापा मगर, थिर थापा मगर, प्रतिमा दूतराज, मनिष, प्रवल थापा र लखन थापाले सेनका लोकप्रयि गीतहरू सुनाए । त्यसैगरी, कवि औँतारी साइलाले कविता पाठ गरे ।

युद्ध साहित्य र सङ्गीत प्रबद्र्धन गर्ने हिसाबले कार्यक्रम आयोजना गरिएको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । उनले मास्टर मित्रसेन थापाबारे भविष्यमा थप अन्तरक्रियाहरू पनि अयोजना गर्ने उल्लेख गरे । परिचर्चामा यूके, भारत, नेपाल, रसिया, अमेरिका, इजरायल लगायत विभिन्न मुलुकबाट करिब आठ दर्जन स्रष्टा, सङ्गीतकर्मी र अभियन्ताहरूको सहभागिता रहेको विनेसाम साउथ यूकेका सचिव अमित थेवेले बताए ।

मास्टर मित्रसेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ मा तोतारानी, भाग्सुु धरमशालामा भएको थियो । उनको पुख्र्यौली थलो पर्वत जिल्लाको राखु पूला रहेको थियो । १६ वर्षकै उमेरमा उनी पहिलो गोर्खा राइफल्सको पहिलो बटालियनमा भर्ना भए । सैनिक जीवनबाट अवकाश लिएपछि उनले बाँकी जीवन नेपाली गीत, सङ्गीत, नाटक र समाजसेवामा समर्पित गरेका थिए । उनको निधन सन् १९४६ अप्रिल ७ मा भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चुम्लुङ युएईद्वारा चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

युएई, ९ जनवरी । किरात याक्थुङ चुम्लुङ युएईद्वारा आयोजित लिम्बुहरूको चाड चासोक तङ्नाम २०२१...

मास्टर मित्रसेन थापा बीसौँ शताब्दीका एक किम्वदन्ती – सर्जकहरू

लन्डन(यूके) ३ जनवरी । नेपाली लोक सङ्गीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्रसेन थापा मगर...

मकाउमा चुम्लुङको प्रथम अधिवेशन

मकाउ, १ जनवरी । चीनको मकाउमा वैदेशिक रोजगारको लागि पुगेका लिम्बूहरुले किरात याक्थुङ चुम्लुङको...

मास्टर मित्र सेन सम्झदैँ विनेसाम साउथ यूके

लन्डन(यूके), ३० डिसेम्बर । विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले पुराना गायक एवम् साहित्यकार...

चार दिने आधारभूत सेयर तालिम सम्पन्न

दक्षिण कोरिया, १२ पुस । दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको पहलमा चार दिने आधारभूत...

युमा साम्यो महासभा युएईको आयोजनामा चासोक थिसोक सम्पन्न

बर दुबई, युएई, ७ पुस । युमा साम्यो महासभा युएईको आयोजनामा याक्थुङहरूको महान् सांस्कृतिक...

क्यानडाबाट सयौँ जन्म भएपनि… सार्वजनिक

काठमाडौं, ३ पुस । मेलिना राई र पुष्पराज वरालको स्वर रहेको गीतको म्युजिक भिडियो...

युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

केन्ट(यूके), १३ डिसेम्बर । बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पु¥याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत...

संघीय लिम्बुवान सामाजिक मंच क्षेत्रिय समिति जेजुदो शाखा गठन

काठमाडौँ, २८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मंचको प्रवास समिति...

नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

लन्डन(यूके), १२ डिसेम्बर । यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको...