प्रकाश दिप्साली राई, सुनसरी ।
भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा आगामी पुष २९ र माघ १ गते “हसनपुर साहित्य महोत्सव” हुने भएको छ ।
विगत लामो समयदेखी कला साहित्य र सङ्गितको सेवा गर्दै आएको हसनपुर साहित्य समाज, हसनपुर भोजपुरले यो सस्करणमा महोत्सव गर्न लागेको हो । महोत्सव २ दिन सम्म चल्नेछ । पुस २९ र माघ १ गते हुने सो महोत्सवमा विभिन्न सेसनहरु चल्ने छन् । पहिलो दिन कार्यक्रमको समुदघाटन पश्चात् ’अक्षर यात्रामा हतुवागढी ,हिजोआज र भोलि’ माथी वहस हुनेछ । वहसमा हतुवागढी कलारसाहित्य तथा सस्कृती प्रतिष्ठानका अध्यक्ष कृपालसिं राई, आधुनिक हतुवागढीको साहित्यिक गतिविधिका प्रवर्तक एवम गजलकार विश्वजित राई र निक्कै लामो समयदेखी हतुवागढीका साहित्यलाई चियाउदै गरेका कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले बोल्नेछन् भने सेसनको सहजीकरण सन्जाल राईले गर्नेछन् । यस्तै नृत्य प्रतियोगिता र “हाम्रा गजलसेरहरु“ सेसनमा भोजपुर तथा आमन्त्रित गजलकारहरुले वाचन गर्नेछन् ।
यस्तै दोश्रो दिन कवि पुर्ण सन्ध्या समाधीको टेकेर गुराँसमाथि कविता सङ्ग्रहमाथी भलाकुसारी हुनेछ । जसमा स्वयं कवि पुर्ण समाधी सन्ध्या र कवि मुकुन्द प्रयास गफिनेछन् । सो भलाकुसारीको सहजीकरण भोजपुरे कवि तथा गजलकार अरुण आकाशले गर्नेछन् । त्यसपछि “हामी र हाम्रा कविताहरु” सेसनमा भोजपुर तथा आमन्त्रित कविहरुले कविता वाचन गर्नेछन् । र महोत्सवको बिट मरौनीमा चर्चित गायक तथा संगीतकार कृष्णभक्त राईले आफ्नो एकल गायन प्रस्तुत गर्ने छन् ।
यो महोत्सवलाई सफल पार्न त्यहाँका वडा कार्यालय, अग्रज सर्जकहरु, सम्बन्धित सबै लागि परेका छन् । प्रतिष्ठानका अध्यक्ष भोटमान राई भन्छन् “अब हामी लगभग महोत्सवको अन्तिम तयारीमा छौँ । पहिलो चरणको तयारी पूरा भैसकेको छ । अब दोस्रो चरणको तयारीमा पनि जुटिसकेका छौं ।” उता कोषाध्यक्ष रुद्र राईले पनि पाहुनाहरु र स्थानीय सर्जकहरुको टुङ्गो लागि सकेको बताए । अब पूरा ध्यान महोत्सवलाई सभ्य र भब्य बनाउनमा लागेको बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।