‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई - Naya Online

‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई

वि.सं. २०४९ चैतमा भारतको मेघालय सिलोङ्गमा समराज राई र हर्कमाया राईबाट जन्मिएका हुन् रविन तेम्वर राई । उनको स्थायी ठेगाना भने भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका हो ।

गाउँकै स्कुल वीरेन्द्र उच्च माविमा माध्यमिक स्तरको शिक्षा हासिल गरेका तेम्वरले स्कुलमा विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने गर्दथे । सानैदेखि गीत गाउने गर्दथे । उनी बढिमात्रामा ‘वरको छायामा, म भुले मायालु तिम्रो माया’ गुनगुनाउथे र स्कुलमा पनि गाउने गर्दथे । त्यसबेला नै उनलाई गायक बन्ने सपना देखिसकेका थिए ।

गाउँमा स–साना कार्यक्रम त हुन्थ्यो, तर आफू गाउँछु भनेर भन्नै सकेनन् र माइक समाएर गाउने इच्छा अधुरै रह्यो ।

यसैबिचमा उनी काठमाडौं आए । ‘तर ठ्याक्कै गायक बन्नै नै भनेर आएको थिईनँ’ भन्छन् । त्यसबेला भर्खर विवाह गरेका रविनलाई परिवारको भरणपोषणका लागि आएका थिए ।

उनका बुबा अपाङ्ग छन् । भाईबहिनीहरु ससाना थियो । त्यसकारण उनी केही मेहनत गरेर पैसा कमाउन भनेर आएका थिए । उनले मेहनत गरे, परिवारलाई केही राहत दिन सके र केही रकम जम्मा गरेर आफ्नो रहरलाई पूरा गरे । फुलबुट्टे चोली रेशमको साडी… बोलको गीत उनको रेकर्डेड गायनको पहिलो पाइला थियो । उनको अन्य गीतहरु मलाई त थाहा छैन, लौ म त आएँ युट्युवमा सुन्न र हेर्न सकिन्छ ।

काठमाडौंमा उनले धेरै काम खोजेछन् । खोज्दै जाँदा ललितपुर बालकुमारीस्थित एउटा दोहोरी रेष्टुरेन्टमा काम गरे । दोहोरीमा काम गर्छु भन्नसाथ गाउने नै थियो भन्ने प्रश्न राख्थे रे उनलाई । तर त्यहाँ उनको काम स्टेजमा गित गाउने नभई किचनको सहायक बन्नका साथै त्यहीँ दोहोरीको गेटमा चौकिदारी थियो । उनको पारिश्रामिक राम्रै भएकोले पनि आफ्ना रहरलाई पूरा गर्न सकेका हुन् ।

उनले अहिले सम्म मैले जम्मा ४ वटा गीत रेकर्ड गरिसकेका छन् । उनको आफ्नो युटुव च्यानल छ –रविन तेम्वर अफिसियल । त्यस च्यानलमा सबै गीतहरु समावेश छन् ।

पहिलो गीत रेकर्ड गर्दा त पुरै म गायक नै बने झैँ लागेको अनुभव सुनाउँछन् । तर उक्त गीतले बजारमा स्थान नपाएपछि खाइनखाई जोगाएर रेकर्ड गरेको रकमको माया लागेको बताउँछन् । गीत रेकर्ड गरेर मात्र नहुने रहेछ, प्रमोशन गर्न पनि खर्च गर्नुपर्ने रहेछ भन्ने कुरा पछि बुझे ।

उनले अझै पनि हार खाएका छैनन् । सकेसम्म गीत संगीतलाई नै अङ्गालेर अगाडी बढ्ने मन इच्छा राखेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

काठमाडौं, २ माघ । विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनि...

डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ माघ । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक...

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं, २ माघ । गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको...

‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

काठमाडौं, १ माघ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र...

लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक

काठमाडौं, २७ पुस । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक...

साँस्कृतिक जागरणमा पाँचथरे चलचित्र

सन्देश सुब्बा लिम्बू जातिमा छुट्टै किसिमको न्ययीक परम्परा छ– तुम्याहाङ प्रथा । समाजमा हुने...

निर्देशक मदन घिमिरे फेरि म्युजिक भिडियोमार्फत आए

काठमाडौं २५ पुस । सफल चलचित्र निर्देशक, चार दशक लामो समय निरन्तर रुपमा चलचित्र...

म्युजिक भिडियोमा ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’

काठमाडौं, २४ पुस । निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारिएको ‘छ भने...

‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई

वि.सं. २०४९ चैतमा भारतको मेघालय सिलोङ्गमा समराज राई र हर्कमाया राईबाट जन्मिएका हुन् रविन...

‘याराक्मा हौ सोल्टिनी….’ गीतको अडियो भिडियो सार्वजनिक

काठमाडौं, २३ पुस । पहिलो नेपाली तारा दीपक लिम्बू र गायक डम्बर नेपालीको स्वरमा...