काठमाडौं, २४ पुस । निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारिएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ बोलको गीत सार्वजनिक भएको छ ।
भिडियोको छायांकन पोखरा आसपास क्षेत्रका रमणीय स्थानहरूमा गरिएको छ । प्राकृतिक सुन्दर दृश्यहरू कैद गरिएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ दर्जन भिडियो निर्माण गरिसकेका कलाकार समेत रहेका राजकुमार महर्जनले निर्देशन गरेका हुन् । यसमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगिता बनमाली लगायतका कलाकारको अभिनय रहेको छ ।
स्वरूप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजर मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण, गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
बिगतका आफ्ना प्रस्तुतिहरू झै यो म्युजिक भिडियोलाई पनि दर्शक, श्रोताहरूले मनपराई दिनुहुनेमा निर्देशक राजकुमार महर्जन विश्वस्त छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।