चुट्किलाको शासक - Naya Online

चुट्किलाको शासक

सन्जित फलाना


सरकार !
ठिक यतिखेर
स्वीकार्य छ मलाई विद्रोही बन्न

सजिलो त कहाँ छ र सम्हाल्न
त्यस्तो हिंस्रक कुरा
त्यस्तो भयानक कुरा
जो प्रेम भुलेर युद्धमात्र अङ्गाल्छ
जो हमेसा बन्दुकको नालको भाषा मात्र बुझ्छ

वर्षौँदेखि
मेरो मनभित्र दन्किरहेको आक्रोशको आगोले
मलाई नै डढाएर भष्म बनाउन आट्यो
वर्षौँदेखि
मेरो खोपडीभित्र भड्किरहेको बिचारको लार्भाले
मलाई नै छेड्न आट्यो
उप्रान्त मौन बस्न नसक्ने भएँ
उप्रान्त चुप बस्न नसक्ने भएँ

तिमीले पहिल्यै सोच्नुपथ्र्यो सरकार
कि जङ्गल जङ्गलबाट÷ओढार ओढारबाट
कति सभ्यता पार गरेर
आएका थियौँ हामी यहाँसम्म ?
जनआन्दोलनको एक एक कालखण्डबाट
चोकबाट÷गल्लिबाट÷सडकबाट
क्रान्तिको कति नाराजुलुस बिसाएर
आएका थियौँ हामी यहाँसम्म ?

तिमीले पहिल्यै बुझ्नुपर्थ्यो सरकार
कि तिम्रो ठट्टा
कति भारी पर्छ तिम्रै लागि ?

तिम्रो एकएक टुक्काले
कसरी व्यङ्ग्य गरिरहेछ हाम्रो वर्तमानको ?

तिम्रो एकएक खित्काले
कसरी धज्जि उडाइरहेछ हाम्रो भावनाको ?

हामी
भर्खरै झाँडीमा फालिएकी
कुनै बलात्कृत बालिकाको शव हेरेर रोइरहेछौँ
भेरी नदिमा बगिरहेको
कुनै दलित प्रेमीको लास हेरेर गम्भिर भइरहेछौँ
बस्ति जलेर खण्डहर भएको
कुनै सुकुम्बासी चेपाङहरूको आँसु हेरेर दुखिरहेछौँ
तिमी भने
मिटिङमा चुट्किला सुनाएर
कार्यकर्तालाई पेट मिची मिची हसाइरहेछौँ

बेलाबेला
यस्तो चटक आउँछ तिमीलाई
कि सिमानामा खुल्लमखुल्ला साम्राज्यवादी छिर्दा
देशको नयाँ नक्सा जारी गर्दै बस्छौ
कि भाइरलले जनताहरूको घाँटी निमोठ्दा
आफ्नै उपचार गर्न विमान लिएर विदेशतिर पुग्छौ

तिमीलाई के भनुँ म –
ढोँगको वादशाह
नौटङ्कीको शासक
जस्तो कि कुर्सीको धुलो मात्रै टक्टकाउँदै बस्छौ
र, आफैलाई सबैभन्दा ठुलो कम्युनिष्ट ठान्छौ

ल माने तिमीलाई कम्युनिष्ट
तर जाबो यत्ति पनि सोच्दैनौँ
कतिबेला जनतालाई व्यवस्था घाँडो हुन्छ ?
कतिबेला शासक पुत्ला बन्छ ?

बरु कसैले यस्तो नसोचोस् भनेर
उल्टै संसद विघटन गर्छौ
र, कहिँ नभएको राष्ट्रप्रेमी बन्छौ

यसरी जब शोकमा डुब्छ देश
तिमी फेरि उहिँ चुट्किला सुनाएर फ्रेस बनाउछौ

तर, तिमी स्वयंलाई थाहा हुन्न
कि हसाउँदा हसाउँदै कुनै दिन
तिमी आफैँ चुट्किला बन्छौ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

मुख

म्यामराज मेमोरी खानु र पिउनुबाहेक मुखको काम के ? बोल्न जालसाजी गर्न आरोप–प्रत्यारोप गर्न...

दुई मुक्तक

हुकुम पुन मगर १ नसोच प्रीय मलाई कम, बस्न यतै आउ गर्छु चोखो माया...

डा.उपाध्यायद्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण

काठमाडौं, २ फागुन । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार...

झुम्कामा सरस्वती पुजाको अवसरमा साहित्य कार्यक्रम हुने

राज कुमार लिम्बू, मोरङ । फागुन , २ । बसन्त पन्चमी सरस्वती पुजाको अवसर...

जब तिमी प्रवासी भयौ

अल्पभाषी “निरु” तिम्रै पैतालाका डोब खोजिरहेछन् ठुले आजकल ती दोबाटो र चौबाटोहरू, रुदैछन् ती...

कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति

चबेगु राज सानु माघ महिना त्यसै पनि बिहान–बेलुका मुटु छिचोल्ने जाडो बिहानीको पारिलो घामसँगै...

गजल

एन बी अन्जान एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो...

भागिरथीको आत्मा बोल्दैछु

दिपा मग्राती अहिले मेरो सेहे र आत्माले सुन्दैछ, देख्दैछ म अखबारमा खुब छाएको छु,...

आधा जून

सविता फागो चोङ्बाङ अँधेरीमा जीवन कुर्दै उभिरहेको छ एउटा रुख वसन्त आउला र पालुवा...