साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित - Naya Online

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्।

साहित्यकार तथा निवर्तमान सांसद डा. सुब्बा ४१२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेकाे निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिए।

यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो। डा. सुब्बा र डा. कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन्। संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलो पटक निर्वाचन भएको हो। विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो। निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ।

कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो। प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो। निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ।

शनिबार भर्चुअल रुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक–एक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ। रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुवान संयोजकमा मधु केरुङ 

काठमाडौ,२ माघ  आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ ।...

सम्बाहाम्फे उत्थान संघको २३औं एकता दिवस सम्पन्न

पदमसुखी सम्बाहाम्फे पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ...

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ...

थिम्’ चलचित्रको गीत रेकर्डिङ सकियो

काठमाडौ,१ माघ निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न...

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार, श्रस्टा सम्मान र कविता संग्रहको बिमोचन सम्पन्न

अजित क्षेत्री पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको...

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट...

थेगिम वंशजहरूको भेला धनकुटा डाडा बजारमा

चबेगु राज सानु धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ...

प्याब्सन बराहक्षेत्रले सम्पन्न गर्यो “मनोवैज्ञानिक परामर्श”

प्रकाश दिप्साली राई नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३०...

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा....

देउवाद्धारा प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहा गर्न माग

काठमाडौँ, २४ पौष । नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहाको...