'लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ' - Naya Online

‘लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ’

सुरेन्द्र फोम्बो


त्यसो त कुनै जाति, भाषा वा धर्मको सीमारेखाभित्र सधैँ समाज अडिरहन्छ भन्ने म ठान्दिनँ । जुन समाजमा एक आपसमा विभेद हुन्छ यस्तो समाजमा यस्ता कुराहरू ज्यादा उठ्ने गरेको पाइन्छ । यस मानेमा यस्ता कुराहरू राज्य शक्ति अथवा राजनीतिसँग पनि प्रत्यक्ष जोडिएका हुन्छन् । यसै सन्दर्भमा याक्थुङ लिम्बु समुदायमा चलिरहेको बहसहरूको परिप्रेक्षमा आफ्नो अनुभवहरू राख्नु आफ्नो कर्तव्य ठान्दछु ।

मेरो सम्झनाले भ्याएसम्म याक्थुङहरूले मिसेक्क, नाहाङ्गमा, पिचप्मा, माङ्गेना, हिम साम्माङ, थेबा सम्माङ, युमा साम्माङ लगायतको पूजा आराधना गर्दछन् । त्यसमध्ये पनि युमा साम्माङ लाई प्रमुख स्थान र मुख्य भोग दिईएको हुन्छ । यसबाहेक जन्म मृत्यु विवाह चाडबाड उत्सब दुःखसुख लगायतका जीवनमा आईपर्ने अनगिन्ति अनुष्ठानहरू (चमेन चोक्मा, लगान खमा, खाउमा, तङ्सिङ्ग तक्मा आदि) स्थान विषेश आ–आफ्नै तरिकाले चलिआएको पाईन्छ । यसका साथै पिच्चमा (बाँदर देव) असेक साम्माङ (सर्प देव) तुङतुङ्गेजस्ता पैत्रिक वा मात्रिक भनौं माईतबाट मानिल्याइएका व्यक्तिगतजस्ता लाग्ने साम्माङहरू यो मेरो माइतीबाट ल्याएको हो म त यसको मुख्य पुजा गर्नु पर्दछ भन्ने थुप्रै आमाहरू पनि हामिले देखेका छौ ।

आस्थाका यी र यस्ता तथ्यहरूलाई पनि सम्झनु पर्दछ । यद्यपि हरेक पुजा अनुष्ठानहरूमा युमा सामाङको प्रमुख स्थान हुने हुँदा युमा हाम्रो मुल देवता हो भन्नु पर्दछ । तर कहि कतै येवा वा साम्बाहरूको तथाकथित मुन्थुमहरूमा हाम्रो थर्म यो हो भनेर किटानी गरेको भेटिन्दैन । किराँत वेद भनिएको बाहेक न त किराँत मुन्धुम (किराँत बेद) इमानसिंह चेमजोङको दस्तावेजमा नै हाम्रो धर्मको बारेमा कुनै किटान गरिएको छ । त्यस्तै गरेर अरु कुनै दस्तावेज वा शिलालेखहरूमा यस्तो उल्लेख गरिएको छ भनेर तर्क आएको पनि देखिन्दैन ।

अब हाम्रो मुल देवता युमा हो र युमा नै हाम्रो धर्म हो भन्ने हो भने मुल देउतालाई नै हाम्रो धर्म हो भन्ने हो भने तागेरा निङ्वाफुमाङ र युमा सामाङ एउटै हुन् भन्ने तथ्य पनि देखिन्न । भोलि युमा धर्म, किराँत धर्म वा त्यस्तै कुनै उपर्युक्त शब्दावलीलाई हाम्रो धर्म भन्ने निष्कर्ष पनि निस्किन सक्ला तर आजसम्म आम याक्थुङ लाजेसाहरूको जनजिब्रोमा स्थापित हुन सकेको छ छैन भन्ने तथ्यलाई पनि बिचार गर्नुपर्ने हुन्छ ।

हामीले सामाजिक सञ्जालहरूमा बहस गर्दैमा त्यो जनजिब्रोको स्थापित मान्यता हुन्छ भन्ने छैन । यसर्थ यथेष्ट खोज अनुसन्धान र बहस छलफल जरुरी देखिन्छ । अब स्थापित मान्यताहरूलाई हेर्दा मुल देवतालाई नै धर्म भनिन्छ कि भनिन्न भन्नेतर्फ अरु धेरैको उदारण हेरौं, हिन्दूले बिष्णुलाई भगवान वा मुल देउता मान्दछन् तर बिष्णु धर्म भन्दैनन्, ईसाई हरूले ईशुलाई आफ्नो भगवान भन्छन् तर येशु धर्म भन्दैनन् त्यस्तै न त बुद्धिष्टहरूले सिद्धार्थ धर्म भन्छन् वा मुस्लिम समुदायले नै अल्लाह धर्म भन्छन् । यसरी हेर्दा हिन्दू, क्रिष्चियन, बुद्धिष्ट, मुस्लिम यी सबै अलगअलग धर्म सम्प्रदायहरू नै हुन् ।

त्यस्तै किराँत पनि एउटा सम्प्रदाय हो । मेरो बिचारमा यि सबै सम्प्रदायहरू कुनै कालखण्डका महापुरुषहरूको ज्ञान अनुभवहरूको आधारमा दिइएको उपदेशहरूलाई तिनका चेलाहरू र समकालीन समाजले धर्मको रूपमा स्थापित गराएका हुन्छन् जुन बर्षौको परिणाम हुन्छ । एउटै सम्प्रदायभित्र पनि पुजापाठ वा जीवनका अनुष्ठानहरू स्थान र समुदाय अनुसार अलिकति भिन्न भिन्न किसिमले पनि चलाइएको हुन्छन् । त्यतिकै आधारमा अलग धर्म वा अलग सम्प्रदाय भनिएको हुदैनन् र त्यसो गर्नु उचित पनि हुदैन । जे होस् यस विषयमा थप खोज अनुसन्धान र बहसको आवश्यक्ता देखिन्छ । यतिबेला नै किन यो वहसको बिषय बन्यो त भन्नेतर्फ बिचार गर्दा । अब निकट भविष्यमा नै राष्ट्रिय जनगणनामा आफ्नो उपस्थिति र पहिचान जनाउनु पर्ने भयो ।

अब श्रेस्तेदार आफैले हाम्रो भाषा वा धर्म लेखिदिने युग गए । राज्यमा हाम्रो पनि समान हैसियत र सहभागिता चाहियो भनेर पहिचान र साँस्कृतिक आन्दोलनको अभियान उठ्न थालेको पनि तीन दशक भन्दा बढि भइसक्यो । आज पनि उल्लेखित आधारभुत विषयहरू निष्कर्षमा नपुग्नु दुःखद हो । यसैले पहिचानवादि अभियन्ताहरूको कयौं राम्रा कामहरूको बावजूद पनि आफ्नो पहिचानको आधारभुत विषयहरूमा ध्यान नपुगेको देखिन्छ । भाषा संस्कार संस्कृति मुन्धुमहरू नै पहिचानवादीहरूको मुल आधार हुनुपर्ने जस्तो लाग्छ । यदि त्यसो हो भने यिनिहरूलाई एक एकठाउँमा जोड्ने मुलसुत्र पनि यहि हो । यहि मुल विषयवस्तुलाई व्यवस्थित गर्न सकेको भए एकता पनि हुन्थ्यो । त्यसको (दथ उचयमगअत) फलस्वरूप राज्य शक्तिमा सेयरिङ त अवश्यम्भावी हो नै तर पहिचानवादीहरूको वर्तमानलाई हेर्दा यहाँ त परिणाममा पो हतार भएको हो कि भन्ने देखिन्छ ।

जे होस् आजसम्म संस्का÷संस्कृति धर्म जाति भाषा आदि जस्ता पहिचानसम्बन्धि जे जति छलफल र निष्कर्षहरू भए वा स्थापित मान्यताहरूलाई सोही अनुसार गर्ने र बाँकी खोज अनुसन्धान र थप बहस गर्नु पर्ने बिशयहरू जारी राख्ने । आफ्नो पहिचान राज्यमा उपस्थितिका हिसाबले जनगणना जस्तो महत्वपूर्ण विषयमा विभाजित देखिनु दुर्भाग्य हो । यसले त न रहे बाँस न बजे बाँसुरी को तालमा पुर्याउदैन र ? बिचार चोगे ।

कुनै खास जातिको बसोबास भाषा धर्म संस्कृतिको उपस्थिति र व्यवस्थापन तिनिहरूको आर्थिक उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ । यस्तो व्यवस्थापन र प्रगति कुनै खास जातिको लागि मात्र नभई सिङ्गो देशको प्रगतिसँग पनि जोडिएको हुन्छ । बिडम्बना यो राज्यको दृष्टिकोण बन्न सकेन । के सबै नागरिकको प्रगति बिना देशको समृद्धि सम्भव छ र ? त्यसैले यो र यस्ता मुद्धाहरू राज्यको पनि उत्तिकै चासो र चिन्ताको विषय बन्नु पर्दछ ।

सरोकारका सम्बद्ध पक्षहरूले यता पनि ध्यान आकृष्ट गर्नु गरा्उनु आवस्यक ठान्दछु । जत्तिसुकै विभेद र अन्तरविरोध भए पनि सम्वाद र सहकार्यबाट पनि समाधान निस्कन्छ भन्ने बिर्सनु हुदैन । आन्तरिक विषयहरूले मुख्य मुद्धाहरूलाई ओझेलमा पार्ने हुन कि भन्ने कुरालाई ध्यानमा राखेर यस्तो आन्तरिक विषयहरूलाई सौहार्दपूर्ण वातावरणमा बहस छलफल हुनुपर्नेमा आफु आफैंमा सिंगौरी नखेलौ भन्ने विनम्र निवेदन गर्दै बरु सहजताका लागि विध्वत तुम्याहाङ याक्थुङसाहरूले अग्रसरता लिने हो कि भनेर मेन्जो निहि पाक्तेसाङ हुकफाकेन सेवा तोन्दुङबारो आदान्ङबा आदान्ङमासे । नुगेन सेवारो ।

(लेखक फोम्बो तेह्रथुम जिल्लाका भूतपूर्व सांसद हुन् । हाल बसोबास अमेरिकामा रहेको छ ।)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता

नन्द कन्दङवा प्राचिन नेपाल र नेपाल राज्यको निर्माण वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र...

‘लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ’

सुरेन्द्र फोम्बो त्यसो त कुनै जाति, भाषा वा धर्मको सीमारेखाभित्र सधैँ समाज अडिरहन्छ भन्ने...

पुस २५ मा विराटनरसहित तीन शहरमा जसपाको विरोध कार्यक्रममा

फिपराज बेघा विराटनगर, २४ पुस । जनता समाजबादी पार्टी, (जसपा) नेपालले पुस २५ गतेदेखि...

अरपेको कथा: ‘मलाई परदेश फापेन’

जीवन देवान गाउँले घरको लागि घर छोड्नु, परिवारको लागि परिवार छोड्नु र देशको सिमाना...

अलग अभियानको अलग अनुभूति

इन्द्र नारथुङे “एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ,...

लिम्बुवान मञ्चद्धारा प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन

दमक, १५ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको...

प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन

नन्द कन्दङवा आजसम्म पढिएको नेपालको प्राचिन ईतिहास बंशावलीको भनाई अनुसार दानासुर (बानासुर?) ले नेपाल...

जसपाले पुस १० गतेबाट देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ, ०७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ...

प्रचण्ड–नेपाल समुहका अध्यक्षमा माधव नेपाल चयन

काठमाडौँ, ०७ पुस । प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा माधवकुमार नेपाललाई चयन...

जसपाद्धारा प्रतिनिधि सभा विघटन निरङ्कुशताको प्रतिवाद गर्न आग्रह

काठमाडौँ, ०६ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय प्रतिनिधि सभा विघटन गरिनु...