बेवारिसे लासको सम्बोधन - Naya Online

बेवारिसे लासको सम्बोधन

सुनिल आङ्बो


यो अपरिचित वर्णमालाजस्तो
पृथ्वीको क्लान्त कुनामा
म जन्मिएको हुँ
म जन्मदा
न आमा !
न बाबा !
न नागरिक !
न अनागरिक !
र, त
मलाई यो समाजले
बेवरिसे उद्वघोस गर्दिएको हो
बेवरिसे उद्वघोस गर्दिए पछि नै त
मेरो अत्यासमत्यास जिन्दगी
कहिले सड्कको पेटीमा
कहिले मन्दिरको छहारीमा
बिद्रोह गर्दागर्दै सुन्दर धर्तिमा उभिएर पनि भुमिहिन जिन्दगी
बिना मलामिहरू !
बिना आत्मीयजको आसुहरू !
बिना एकहोरो शंखको रुवाई !
मात्र,
गोधुली रङ्गमा
पारिपट्टि प्रेमको रोमाञ्च
साटिरहेको यौवनकालिन जोडीहरूको
खुसियाली हेर्दै बिदा भएको हुँ ।

म बिदा भए पछि नै त !
म जस्तो सडकमा उम्रिएकाहरूको
अपवित्र लासहरू पबित्र भनिएको आर्यघाटमा जल्न थालेका हुन ।

स्वार्थान्धले
तछाडमछाड गरि
समय उठाएर आकाशमा
स्यूँदो दिन भिर्नेहरूको हुरीपछि
मौन आकाशमा उभिएर
बेवारिसे लासमाथी
जिन्दगी देख्ने
सपना !
मेरो छोटो सम्बोधन छ !

सिंहदरबारको छातीमा
जिम्मेवार कोल्चेर ती
निर्देशन दिरहएका
शालिकहरूको क्रुर अनुहार
अनि,
पिठ्युँमा स्वच्चछन्दताको बिल्ला झुण्डाएर
दैनिक भगवान पुकार्दै मन्दिर छिर्ने तिनै
भावनामा कर्फ्यु लागेका ज्युँदा मानिसहरू भन्दा
मध्यरातमा हरिणको सिङ बझाउदै
फेरि लगाउने जोगि जस्तै
अचेल !
म स्वर्गको कुनै किनारामा उभिएर पुकार्छु
सपना ! तिमी कयौं गुणा महान छौ ।

(सपना रोका मगरप्रति समर्पित)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

मुख

म्यामराज मेमोरी खानु र पिउनुबाहेक मुखको काम के ? बोल्न जालसाजी गर्न आरोप–प्रत्यारोप गर्न...

दुई मुक्तक

हुकुम पुन मगर १ नसोच प्रीय मलाई कम, बस्न यतै आउ गर्छु चोखो माया...

डा.उपाध्यायद्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण

काठमाडौं, २ फागुन । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार...

झुम्कामा सरस्वती पुजाको अवसरमा साहित्य कार्यक्रम हुने

राज कुमार लिम्बू, मोरङ । फागुन , २ । बसन्त पन्चमी सरस्वती पुजाको अवसर...

जब तिमी प्रवासी भयौ

अल्पभाषी “निरु” तिम्रै पैतालाका डोब खोजिरहेछन् ठुले आजकल ती दोबाटो र चौबाटोहरू, रुदैछन् ती...

कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति

चबेगु राज सानु माघ महिना त्यसै पनि बिहान–बेलुका मुटु छिचोल्ने जाडो बिहानीको पारिलो घामसँगै...

गजल

एन बी अन्जान एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो...

भागिरथीको आत्मा बोल्दैछु

दिपा मग्राती अहिले मेरो सेहे र आत्माले सुन्दैछ, देख्दैछ म अखबारमा खुब छाएको छु,...

आधा जून

सविता फागो चोङ्बाङ अँधेरीमा जीवन कुर्दै उभिरहेको छ एउटा रुख वसन्त आउला र पालुवा...