प्रकाश दिप्साली राई
नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३० औं स्थापना दिवसको अवसरमा एक दिने “मनोवैज्ञानिक परामर्श” कार्यक्रमको आयोजना गरी मनाएको छ ।
लामो समयको लकडाउन पश्चात् विद्यालय सन्चालन भएपछि विद्यार्थीहरूमा परेको असरलाई मध्यनजर गर्दै शुक्रबार बराहक्षेत्र प्याब्सनले बराहक्षेत्र ६ चक्रघट्टीस्थित जनहित क्लबको सभाहलमा हिजो आयोजित सो परामर्श कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्याब्सनमा आबद्ध २३ वटा निजि स्कुलका शिक्षक तथा शिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको सो सहजीकरणमा सहजकर्ता प्रख्यात साइकोलोजिस्ट पल्लव सम्मन (केआइ)ले सहजीकरण गरेका थिए । करिब ५ घण्टे यो परामर्शमा मनोविज्ञान भन्ने चिज अरु कतै र कही नभएर हामी आफैसँग रहेको हामीले पहिचान गर्न मात्र नसकेको बताए । उनले एउटा शिक्षक विद्यार्थीको भविष्य निर्माता भएकोले सचेततासहित शिक्षण सिकाईमा ध्यान दिनुपर्ने बताए । नानीहरूको मनोविज्ञान नबुझी हामीले जबर्जस्त धेरै कुरा लादैछौं, यसले उनीहरूको भविष्य निर्माण गर्नुको साटो अन्धकारतर्फ धकेलिरहेका छौँ । विद्यार्थीको हरेक समस्याको समाधान सजायले नभई परामर्श र प्रोत्साहनले गर्न सकिने पनि बताए । उनले शिक्षण सिकाईका सहज उपायहरू समेत बताएका थिए ।
यस अघि औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निजि विद्यालयहरूको छाता सङ्गठन प्याब्सन , सुनसरीका अध्यक्ष श्री विष्णु कोइरालाले अबको स्कुलिङमा हामी परिवर्तित हुनुपर्ने, अझ लामो समयको लकडाउन पछि त अझ विद्यार्थीको मनोविज्ञानभन्दा टाढा गएर शिक्षण सिकाई गर्नै नसकिने बताउदै आजको यो मनोवैज्ञानिक परामर्शले हामी आम शिक्षक तथा शिक्षिकामा हाम्रो सिकाईमा सहजता हुनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममाथि औचित्य पार्दै बराहक्षेत्र प्याप्सनका अध्यक्ष कृष्ण तामाङले हामीले हाम्रा शिक्षक तथा शिक्षिकाहरूलाई समय सापेक्ष बनाउन सदा लागि परेका छौँ । अबको शिक्षालाई विद्यार्थी केन्द्रित हुनुपर्ने बताउदै यो मनोबैज्ञानिक परामर्शले यो प्रकृयालाई सहज पार्ने बताए । बाल मनोबिज्ञानिक नजिक नरही हामीले केही गर्न नसकिने उनले बारम्बार दोहोर्याए । उनले यो कार्यक्रम विभिन्न चरणमा अझै अघि बढाउने पनि बताए । सोहि कार्यक्रम पल्लव सम्म्नद्वारा लिखित बाल मनोविज्ञान केन्द्रित पुस्तक बुबा आमा र छोराछोरीको लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रम स्वागत मन्तव्य भेषराज न्यौपानेले राखेका थिए भने शुभकामना मन्तव्य मनोज यादव तथा सरोकारवाला संघ सस्थाका प्रतिनिधिहरूलगायतले राखेका थिए । कार्यक्रम संचालन बराहक्षेत्र प्याब्सनका सचिव खेम राईले गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष बराहक्षेत्र प्याबसनका अध्यक्ष कृष्ण तामाङ रहेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।