युएई, ९ जनवरी । किरात याक्थुङ चुम्लुङ युएईद्वारा आयोजित लिम्बुहरूको चाड चासोक तङ्नाम २०२१ (उधौली पर्व) लिम्बूजन्य सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।
कियाचु युएईले पाःलाम प्रतियोगिता र भेषभूषा प्रतियोगिताका साथ सम्पन्न भएको थियो । चुम्लुङका अध्यक्ष गज वनेमको अध्यक्षतामा बरदुबईस्थित मेजमान रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा कोभिड १९ को प्रतिकुलताले सदा झैँ लिम्बुजन्य खेलखुद तथा सान्स्कृतिक कार्यक्रमहरू प्रत्यक्षरूपमा गर्न नसकिएको अनलाइनमार्फत कार्यक्रम भएको आयोजकले जानकारी गराएको छ । दुबै बिधामा १८ भन्दा बढी प्रतियोगीहरूमध्ये निर्णायकबाट उत्कृष्टता र समय सापेक्षको आधारमा निर्णय भएको थियो ।
पाःलाम प्रतियोगितामा प्रथम चक्र सिङ्गक लिम्बु भएका छन् भने सान्त्वना पुरस्कार स्वीकृति सम्वाहाफे राई भएका छन् । त्यसैगरी भेषभुषा प्रतियोगितामा महिलातर्फ प्रथम मुना ईङ्नाम पाहाङ्गो, सान्त्वना सनिता निङ्लेकु, (पुरुषतर्फ) प्रथम दुर्गा कुरुम्बाङ सान्त्वना चन्द्र राना मगर भएका छन् ।
बिजेताहरूलाई नगद पुरुस्कार तथा सम्मानपत्रका साथ वर्तमान अध्यक्ष गज वनेम तथा विशेष अतिथि नेपाली सेवा समाज युएईका अध्यक्ष गोबिन्द ढकालबाट सम्मानित गरिएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।