चबेगु राज सानु
धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ थेगिम वंशजहरूको सागुरीगढी ५ डाडा बजारमा भब्य भेला सम्पन्न भएको छ ।
३ जिल्ला तदर्थ समितिको भेलाले परिचयात्मक कार्यक्रमसँगै आगामी योजनाका बारेमा बृहत छलफल गरेको छ । केराबारी, पाटिगाउ, सत्तिसाले, धरान, बेगना, डाडाबजार, तुङ्खा गरि करिब ८० जनाको थेगिम वंशजहरूको उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलाले आगामी दिनहरूमा अक्षयकोष वृद्धि गर्नका साथै थेगिम वंशजहरूको उत्थानको निमित संस्थाले कस्तो भुमिका खेल्न सक्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।
भेलामा किरात सेन्छेन्ने सेनेहाङ थेगिम केन्द्रिय सदस्य तपध्वज थेगिमको प्रमुख अतिथि रहेका थिए । आगामी भेला धरानको चौबिसे भवनमा यहि आउदो चैत्र ७ गते हुने निर्णय गरेको छ । ३ जिल्लाका सम्पुर्ण थेगिम वंशजहरूको उत्थानको निमित संयुक्त माङहुक्वा सेवा केराबारी गाउपालिका वडा नं. ४ बेलबोटेको खदम खोलामा सेवा गर्ने भनि निर्णय गरेको छ ।
जेष्ठ नागरिक लाहाङबहादुर थेगिमको सपभातित्वमा सम्पन्न भेलामा ३ जिल्लाको तदर्थ कार्य समिती तथा सल्लाहकार आवश्यकता अनुसार बढाउदै लैजाने र तदर्थ समितिले थेगिम बंसजहरूमा आई परेको समस्यालाई समाधान गर्ने निर्णय भएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।