छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत - Naya Online

छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत

तेह्रथुम २६ पुस । लिम्बूहरूको एक थर तुम्खेवा संगठीत भएको छ । तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरू संगठित बनेका हुन् । छ खेवामध्यका एक तुम्खेवा हो । छथर स्थानको नाम रहनुपनि छ खेवाकै कारण हो । खेवाभित्र तुम्खेवा, तिगेला, मादेन खेवा, चोङ्बाङ खेवा, आङ्खेवा, माङ्यक छन् ।

पुस २५ गते छथर तेह्रथुमको ताक्लुङयक अवस्थित धुल्पुजेडाँडामा तुम्खेवाहरू भेला भई संगठीत भएका हुन् । उक्त गठित समितिमा अध्यक्ष देवचन्द्र तुम्खेवा, सचिव सीताराम तुम्खेवा, कोषाध्यक्ष सुकमती तुम्खेवा छन् भने सदस्यहरूमा नन्द्रप्रसाद लिम्बू, महेन्द्र लिम्बू, गजेन्द्रबहादुर तुम्खेवा, दीपेन तुम्खेवा, मनिता तुम्खेवा र कविता तुम्खेवा छन् । भेलामा काठमाडौं, सुनसरी, मोरङ, झापा र भारतका तुम्खेवाहरूको उपस्थिति थियो ।

ताक्लुङ यक(गढी)लाई शिरोपर गरी विश्वमा रहेका तुम्खेवालाई संगठित गराउँदै भाषा कला साहित्य, संस्कार संस्कृतिको संरक्षण तथा सामाजिक विकासमा काम गर्ने नवगठित समितिका अध्यक्ष देवचन्द्र तुम्खेवाले जानकारी दिए ।

अध्यक्ष, देवचन्द्र तुम्खेवा

तुम्खेवा लिम्बुहरूको वंशावली निर्माणका लागि अभियान सुरु गर्ने, विभिन्न मुलुकमा छरिएर रहेका तुम्खेवाहरूलाई संगठित गराउँदै जाने, तुम्खेवा समुदायमा सामाजिक विकास गर्ने, जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने, केन्द्रीय भवन निर्माण गर्नेलगायतका योजनाहरू अगाडि सारेको पनि अध्यक्ष देवचन्द्र तुम्खेवाले बताए ।

भेलालाई तुम्खेवाका वयोवृद्ध प्रेमभक्त तुम्खेवाले सभापतित्व प्रदान गरेका थिए । प्रेमभक्त लिम्बुवानको किपटप्रथा कायम रहनुपर्छ भन्ने अभियानका साथ काठमाडौं आएका व्यक्ति हुन् । उक्त टोलीका कम जिवित व्यक्तिमध्ये उनी पनि पर्दछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गम्भीर वहस र तामझामसहित सकियो हसनपुर साहित्य महोत्सव

अर्को संस्करणमा भेट्ने वाचाका साथ विदा भए कविकलाकार राजकुमार लिम्बू, पाँटीगाउँ भोजपुर, ३ माघ...

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

दमक, २८ पुस । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ...

पहिचानको मुद्दा जसपाको आत्मा हो, गहना होइन –खगेन्द्र माखिम

इलाम, २८ पुस । जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा...

पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक: पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका...

छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत

तेह्रथुम २६ पुस । लिम्बूहरूको एक थर तुम्खेवा संगठीत भएको छ । तेह्रथुम र...

विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन

इलाम, १२ पुस । इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १२, साङ्रूम्बामा आयोजित परम्परावादी...

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

काठमाडौँ, ११ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...

सुनुवार युएन स्वेच्छिक कोषका सल्लाहकार

काठमाडौं, १० पुस । आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र...