इलाम, २८ पुस । जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
माई नगरपालिकाको दानाबारीमा सोमबार भएको कार्यक्रममा लिम्बुवान आन्दोलनका पुराना नेता संघीय लिम्बुवान पार्टी, नेपालका केन्द्रिय सदस्य शेरबहादुर लोक्तम र तीर्थ साउदेन जसपा प्रवेश गरेका छन् । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि जसपा, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख प्रमुख प्रशिक्षक माखिमले समसामयिक राजनीतिक घटनाक्रम, जसपा, नेपालको मार्ग दर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद आदि लगायत बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा माखिमले पहिचानको मुद्दा जसपा नेपालको आत्मा मानेको, गहनाको रुपमा प्रयोग नगरिएको बताएका थिए । यस्लाई बाईपास गर्ने, अवरोध गर्नेहरु पार्टी भित्रका आन्तरिक प्रतिगामी तत्व रहेको पनि माखिमले बताएका थिए । साथै, जहाँसुकैका भए पनि प्रतिगामी तत्वहरुलाई ध्वस्त पार्नु माखिमको जोड थियो ।
कार्यक्रममा ईलाम जिल्ला सदस्य तथा माई ईन्चार्ज बलबहादुर आङदेम्बे, माई नगर उपाध्यक्ष ठगबहादुर लिम्बु, जिल्ला युवा सदस्य ओपेन्द्र राई, शिल्पी विशेष प्रदेश प्रदेश १ सदस्य सामुईल लोहार आदिले मन्तव्य राखेका थिए ।
माई नगर सचीव भुपेन्द्र राईको संचालनमा र माई नगरपालिका अध्यक्ष टुपेन्द्र येक्तेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।