धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न - Naya Online

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

दमक, २८ पुस । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । लोकबहादुर दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका हुन् । २०५० सालमा स्थापित सो केन्द्र धिमाल समुदायको एक मात्र जातीय सामाजिक संस्था हो ।

मोरङको उर्लावारी ३, मंगलवारेस्थित धिमाल परियोजना भवनमा सम्पन्न महाधिवेशनले ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । सर्वसम्मत निर्वाचित समितिको सहअध्यक्षमा कृष्णबहादुर धिमाल, अम्बरवहादुर धिमाल, वरिष्ठ उपाध्यक्ष नम्बरलाल धिमाल र ५ जना उपाध्यक्षहरूमा क्रमशः वर्तबहादुर धिमाल, केदार धिमाल, कविराज धिमाल, शान्तिदेवी धिमाल, खड्गबहादुर धिमाल चुनिएका छन् ।

त्यस्तै, महासचिवमा मातृका धिमाल, सचिवद्धयमा रुकमणि धिमाल र गिरीराज धिमाल तथा कोषाध्यक्षमा रत्नबहादुर धिमालसहित अन्य २२ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा दयाराम धिमाल, गंगाराम धिमाल, गीता धिमाल, सविता धिमाल, तिलक धिमाल, प्रथम धिमाल, लेखलाल धिमाल, मोहन धिमाल, श्रीप्रसाद धिमाल, नारायण धिमाल, मुखमेल धिमाल, प्रतिमा धिमाल, रत्निमाया धिमाल, गजेन्द्र धिमाल, नेत्रकुमारी धिमाल, प्रदिप धिमाल, सुरेन्द्र धिमाल, विकेन्द्र धिमाल, सुनिल धिमाल, खगेन्द्र धिमाल, मञ्जु धिमाल र रोमान्सी धिमाल चुनिएका छन् ।

पूर्वको झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमाल समुदाय करिव ५० हजारका हाराहारीमा रहेको अनुमान छ । तर २०६८ को जनगणनामा भने धिमालहरूको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ ।

महाधिवेशनपश्चात दमकस्थित लक्ष्मीबेराङ बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ । उक्त वुँदाहरू निम्न छन् ।

१) राजनीतिः नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा ५ अनुसार धिमाल स्वायत्त क्षेत्र प्राप्तीका लागि मातहतका सबै समितिहरूलाई परिचालन गर्नुका साथै अन्य जातीय संस्था, राजनैतिक दल तथा सरकार सँग छलफल र पहल गर्ने ।

२) शैक्षिक सवालः धिमाल स्वायत्त क्षेत्र भित्र रहेका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरूमा धिमाल भाषाको पठन पाठन गर्न स्थानिय निकाय सँग सम्वाद, छलफल गरि कार्यान्वयनका लागि दबाव दिने, साथै परियोजना स्थल भित्र भाषा तथा प्राविधिक विद्यालय सञ्चालन गर्ने ।
३) आर्थिक सम्वृद्धिः धिमाल समुदायलाई आर्थिक रूपमा सक्षम तथा सबल बनाउन धिमाल गाउँरटोलहरूमा सञ्चालित रहेका स–साना बचत समूह, सहकारीहरूलाई मर्ज (एकिकृत) गरि बृहत् सहकारी स्थापना गरी लगानीका कार्य शुरुवात गर्ने, साथै धिमाल राहत कोष निर्माणका लागि सबैलाई आर्थिक सहयोगको अपिल गर्ने ।

४) पर्यटकीय सवालः धिमालहरूको उद्गम स्थल लेटाङको राजारानी, झापाको बिर्तामोड स्थित गोह्री (धिमाल गढ) को संरक्षण तथा पर्यटकिय स्थलको रूपमा विकास गर्ने, साथै धिमाल परियोजना स्थलमा धिमालहरूको साँस्कृतिक संग्राहलय निर्माण गर्ने र हरेक गाउँ टोलमा रहेका ग्रामथानको मर्मत तथा संरक्षण साथै जग्गाको स्वामित्वका लागि पहलकदमी लिने ।

५) प्रथाजनित कानुनः धिमालहरूको प्रथाजनित कानुनलाई स्थापित र जीवन्त राख्न न्याय विभाग मार्फत सकृय तथा सक्षम बनाउने, साथै सामाजिक रितिरिवाज सम्बन्धमा गाउँरटोल सम्म नै प्रशिक्षण तथा अन्तर्किया कार्यक्रम चलाउने ।

६) युवा र रोजगारः विभिन्न बिषयहरूमा सिपमुलक विज्ञ तथा दक्ष जनशक्ती उत्पादनका लागि पहलकदमि लिने साथै धिमाल महिलाहरूको शसक्तिकरण गर्नका लागि चरणबद्ध काम गर्ने ।

७) संस्कृति तथा मितव्ययिताः धिमाल समुदायले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरू अवलम्बन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रूपमा पहल गरि चेतना अभिबृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्ने ।

८) परियोजना सन्चालनः धिमाल जातीय विकास केन्द्रको मातहतमा रहेको धिमाल परियोजना स्थलको स्वामित्व ग्रहणका लागि नेपाल सरकारसँग पहल गर्ने साथै गुरु योजना निर्माण गरि प्रतिष्ठान तथा परियोजना संञ्चालन विभाग मार्फत विभिन्न समितिहरू निर्माण गरि आवश्यक तयारीका साथ काम सुचारु गर्ने ।

९) हरेक वर्षको असार २ गते धिमालहरूको राष्ट्रिय पर्व जातिरी तथा सिरीजातमा प्रदेश नं. १ स्तरिय सार्वजनिक बिदाको लागि पहल गर्ने ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गम्भीर वहस र तामझामसहित सकियो हसनपुर साहित्य महोत्सव

अर्को संस्करणमा भेट्ने वाचाका साथ विदा भए कविकलाकार राजकुमार लिम्बू, पाँटीगाउँ भोजपुर, ३ माघ...

धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

दमक, २८ पुस । धिमाल जातीय विकास केन्द्रको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ...

पहिचानको मुद्दा जसपाको आत्मा हो, गहना होइन –खगेन्द्र माखिम

इलाम, २८ पुस । जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा...

पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक: पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका...

छथर तेह्रथुममा तुम्खेवाहरू संगठीत

तेह्रथुम २६ पुस । लिम्बूहरूको एक थर तुम्खेवा संगठीत भएको छ । तेह्रथुम र...

विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

इलाम १२, साङ्रुम्बामा युमा साम्योको वडा समिति गठन

इलाम, १२ पुस । इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १२, साङ्रूम्बामा आयोजित परम्परावादी...

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन

काठमाडौँ, ११ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...

सुनुवार युएन स्वेच्छिक कोषका सल्लाहकार

काठमाडौं, १० पुस । आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र...