काठमाडौ,१ माघ
निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न भएको छ । याक्थुङ फिल्म्स प्रा.लि.द्वारा निर्माण हुन लागेको उक्त चलचित्रको गीत सागर केरुङ्को शब्द,बुद्दराज लिम्बूको संगीत,मनि ताम्लिङ र इन्दु फोम्बोको रहेको छ । आगामी माघ अन्तिम हप्ताबाट छायांकन हुने चलचित्रमा सुजन आङ्देम्बे र सुनिता थेगिमको ‘छुइ छुइ हा’ नामक चर्चित गीत समाबिष्ट छ । चलचित्रको कलाकारहरु सबै निश्चित भइनसकेको निर्देशक यलम्बर खम्बुले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।