काठमाडौं, १ माघ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तिमा ५ फिट ६ इन्च उचाई तथा युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने मुख्य प्रावधान राखिएको छ ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यवसायिक मोडल उत्पादन गर्ने उदेश्यले बिगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवा युवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौमा आयोजना हुँदैछ । पहिलो चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् ।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, मोडल हिंडाई, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थीममा आधारित फोटोशुट, रनवे प्रस्तुतिकरणलगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख सहित उपाधिका साथमा दक्षिण कोरियामा सचालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् ।
यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त आयोजक जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।