आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण - Naya Online

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ । माघे संक्रान्तिको दिन अनामनगरस्थीत मण्डला थिएटर घोषण सभा गरी तदर्थ समिति निर्माण भएको हो । घोषणासभामा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र उपाध्यक्ष गोबिन्द छन्त्याल उपस्थित थिए ।

तदर्थ समितिमा राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय छन् । जसको सहसंयोजकहरु सरस्वति प्रतिक्षा र टंक सेलिङ, सचिव बुद्ध योञ्जन लामा, आर्थिक संयोजक उर्मिला गम्बा थारु छन् ।

सदस्यहरुमा अञ्जना इछमफूल, अनन्त दुनुवार, उत्तम सुनुवार, कविराज तामाङ, कुन्साङ कृष्ण मेचे, कृष्ण सर्वहारी, गणेस कुमाल, गौरी तमू, चोमु शेर्पा खुशी, तेजेन्द्र ताजपुरिया, निशा रुम्बा, नेपोलियन चेपाङ, फुर्बाछिरिङ तङ्बे, बेचन उराव, भीम किसान, मङ्गलराम दराई, मेनुका छन्त्याल, रजनी मिला, राम गोपाल आँसुतोष, लाक्पा तेन्जी शेर्पा, लालबहादुर भुजेल, डा. विष्णु सिँजाली, सन्त माझी, सरोजसिंह दुनुवार, डा. सोमबहादुर धिमाल, सीता तुम्खेवा, हेन्सेन याक्खा, हेमा आले छन् ।

त्यसैगरी राज्यसमितिको संयोजक पनि तोकिएको छ । कोइँच संयोजकमा शोभा सुनुवार, ताम्सालिङ संयोजकमा ईश्वर थोकर, किरात संयोजकमा गनेसकुमार राई, तमुवान संयोजकमा छम गुरुङ, थरुहट संयोजकमा छविलाल कोपिला, मगरात संयोजकमा जीवन रोका मगर (मगरात), लिम्बुवान संयोजकमा मधु केरुङ र नेवाः संयोजकमा शाक्य सुरेन छन् ।

घोषणासभामाफतै अन्तर्राष्ट्रिय समितिको संयोजक पनि तोकिएको छ । जसअनुसार बेलायत संजोजकमा अमित थेबे, युरोप संयोजकमा इन्दिरा चाम्लिङ, मलेसिया संयोजकमा उदय पुर्बेली, कुवेत संयोजकमा केशर घलान, बहराइन संयोजकमा चन्द्र गुरुङ (बहराइन), अमेरिका संयोजकमा जसकुमार राई, हङकङ संयोजकमा नरेश सुनुवार, दक्षिण कोरिया संयोजकमा पराजीत पोमू, कतार संयोजकमा बिमल राई (कतार), अष्ट्रेलिया संयोजकमा योग राई, जापान संयोजकमा विमन किराती (जापान), साउदी अरबिया संयोजकमा सुमन सहयात्री, युएई संयोजकमा सुरज राना र ओमान संयोजकमा सुशिल पुन बिरही छन् ।

सभामामा निम्नलिखित उद्देश्यहरु घोषणा भएका थिए । ति निम्न छन् ।

समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासीरजनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित हुनु परेको छ । नेपालको सन्दर्भमा हाम्रो ठहर छ ः
— मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनहरूमा आम आदिवासी जनजाति समुदायले ठूलो वगावत गरे पनि उनीहरूले वर्षौंदेखि उठाइरहेको पहिचानसहितको सङ्घीयता र समावेशी सिद्धान्त (पूर्ण समानुपातिक)का मागहरू सुनुवाइ भएको छैन ।
— संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक हो, भनेर लिखित गरिए पनि व्यवहारतः लागू भएको छैन ।
— शिक्षा र स्वास्थ्य क्षेत्र जनताको मौलिक हक भए पनि दलाल व्यापारीहरूको कब्जामा छ, यो विभेदकारी छ । यसले अभिजात वर्ग र जातिहरूको मात्रै पक्ष लिइरहेको छ ।
— प्राथमिक तहदेखि विश्वविद्यालयसम्म एकल जाति, खास गरी ‘हिन्दू सौन्दर्य’ र ‘आर्य सभ्यता’को मात्रै पाठ्यक्रममा भाषा–साहित्य पढाइएर राज्यले नै विविधताको संस्कृति र सौन्दर्यलाई अस्विकार गरिरहेको छ ।
— नेपालका आदिवासी जनजातिहरूका लागि राज्य जहिल्यै प्रतिगामी छ । यसका विरुद्ध हामीले जहिल्यै प्रतिरोध गरिरहेका छँदै छौं । राज्यका सबै खाले निरङ्कुशता, प्रतिगमन वा अधिनायकवादका विरुद्ध अझ शक्तिशाली आन्दोलनसहित प्रतिरोध गर्नै पर्दछ ।
तब,
१. आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरूलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन,
२. आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई मिहिन ढङ्गले बुझ्न, बहस गर्न र लिखित गर्न,
३. नेपाली भनिने गरिएको ‘खस पर्वते भाषा र साहित्य’लाई नेपाली हो भन्ने कथनका विरुद्ध बहस गर्दै नेपालका सबै मात्रृभाषा तथा तिनका साहित्यलाई ‘नेपाली हो’ भन्ने मान्यता स्थापित गराउन,
५. विविधतासहितको नेपाली सौन्दर्य शास्त्रको निर्माण गर्न,
४. प्राथमिक तहदेखि विश्व–विद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाव दिन
६. विश्वभर भएका, भइरहेका आदिवासी जनजाति अभियानहरूसित घनीभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्न,

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ताप्लेजुङमा लिम्बुवान मञ्चको राजनैनिक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ताप्लेजुङ, १३ फागुन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति...

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १३ फागुन । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९...

सर्वोच्च अदालतले नेकपा विवाद बारे २० गते निर्णय दिने

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हुने भन्ने विवादमा...

टर्की पु¥याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

काठमाडौं, १३ फागुन । दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २...

काठमाडौंबाट गैंडा मारी खाग बिक्री गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १३ फागुन । गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई...

झापामा ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, १३ फागुन । झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध...

कार्यालय प्रमुखसहित दुई प्रहरी घुससहित पक्राउ

काठमाडौं, १३ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका...

उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १३ फागुन । उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

पुरानै कुर्सीको खेल शुरूहुने खतरा : डा.भट्टराई

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा...