पदमसुखी सम्बाहाम्फे
पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ ८ तिङ्देनको इवाटारमा बिहीबार २३औं ऐतिहासिक सम्बाहाम्फे एकता दिवस कार्यक्रम सम्पन्न भएको छ । २०५५ साल माघ १ गते पुर्व राजपरिषद स्थायी समितिका सदस्य बमबहादुर सम्बाहाङ्फेको उपस्थितिमा सम्वाहाङ्फे वंशको प्रथम महाधिवेशन भएको थियो ।
पुर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिं सम्बाहाम्फे प्रमुख संरक्षक रहेको उक्त स्थानमा स्थापित भएको सम्बाहाम्फे चोत्लुङ संस्थालाई पृथ्वी बहादुर, मदन बहादुर, बिर्खबहादुर साथै छत्रबहादुर र कर्णबहादुर सम्बाहाम्फेले निशुःल्क ८ रोपनी जग्गा प्रदान गरेका छन् ।
वंशभित्र रहेको विकृति र बिसङ्गतीलाई हटाउने उद्देश्यले उक्त स्थानको इवाटार माङहिममा बाचा बन्धन गरि करिब ८ फिट लामो ढुङ्गा रोपिएको छ । हरेक वर्ष कक्फेवा तङ्नाम अर्थात माघे सक्रान्ति चाडको अबसर पारि मनाइने सो सम्बाहाम्फे एकता उत्सव कार्यक्रममा कन्या चेलीबेटीहरुबाट दियो बाली तरुल रोटी प्रसाद बाढ्ने चलन रहेको छ ।
उक्त २३औं एकता दिवस आयोजित कार्यक्रममा सम्बाहाम्फे उत्थान संघका केन्द्रिय उपाध्यक्ष तारानाथ सम्बाहाम्फेको प्रमुख आथित्यता रहेको थियो भने केन्द्रिय सदस्य प्रेम बहादुर सम्बाहाम्फे वडा नं. ४ का वडाध्यक्ष पुर्णकुमार खड्का, वडा कार्यलयका सचिब जुना सेल्लिङ लिम्बुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मन्तव्यकै क्रममा यस स्थानमा हरितपार्कसमेत निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउने उद्देश्य रहेको बताइएको छ । सोहि दिन भलिबल खेल पनि खेलाइएको सो खेलमा साबिक रानिगाउ ४ का खेलाडीहरु पुरस्कृत भएका थिए ।
नौमति बाजा र च्याब्रुङ नाचसमेत प्रस्तुत भएको उक्त कार्यक्रम सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय समितिका अध्यक्ष राजेश्वर सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका सचिव लाल अन्जान सम्बाहाम्फेले कार्यक्रम सन्चालन गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।