काठमाडौ,२ माघ
आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ । विहिबार राजधानीस्थित मन्डला थिएटर अनामनगरमा सम्पन्न भेलाले लिम्बुवान,खम्बुवान,मधेस,ताम्सालिङ,थरुहट,मगरात लगायतको संयोजकहरु तोकिएको छ । कवि राजन मुकारुङ्को संयोजकत्वमा ३३ सदस्यीय केन्द्रीय समिति समेत गठन भएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र उपाध्यक्ष गोबिन्द छन्त्यालले सो समितिलाइ सार्वजनिक गरेको हो । लिम्बुवान संयोजक मधु केरुङ पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवान आन्दोलनका नेता हुन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।